पथरीको आइतबारेमा दिपावलीको अवसरमा  क्रिकेट प्रतियोगिता हुने

पथरी, कात्तिक १ । मोरङको पथरी स्थित आइतबारेमा आगामी बुधबारबाट छैटौ विरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । आइतबार आयोजक विरेन्द्रनगर क्रिकेट क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

dsc_0517

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता संयोजक हेमन्त ओझाले ‘गाँउबाट क्रिकेट’ भन्ने नाराका साथ संचालन हुन लागेको प्रतियोगितामा झापा, सुनसरी र मोरङका गरि १८ टोलीको सहभागिता रहने बताउनुभयो ।

गाउँ स्तरबाट क्रिकेटको विकास गर्ने उद्देश्यले प्रतियोगिताको विगतका वर्षहरुझै यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको समेत ओझाले बताउनुभयो ।

प्रतियोगिताको विजेता टोलीले नगद २५ हजार रुपैयाँ सँगै ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद १५ हजार रुपैयाँ सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । यस्तै कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्नका लागि १ लाख ५० हजार रुपैयाँको आय व्यय विवरण समेत सार्वजनिक गरिएको छ ।

tisheet

Leave a Reply

Your email address will not be published. Required fields are marked *