मनिपाल मुस्कान लिएर मलक्का जादै ।

मनिपाल मुस्कान लिएर मलक्का जादै ।मलेसिया
भोजपुरमा जन्मि हुर्केका गायक तथा संगितकार मनिपाल राइ मलेसियामा ब्यास्त संगितकार हुन । आफ्नो गायन छबीलाइ पनि जिबित राखेका राइ आउदो दिपावलीमा मलेसियामा हुने सांगितीक कार्यक्रमका लागी प्याक भै सकेका छन ।

received_571202139734575
मलेसियाको मलक्कामा हुने देश परदेश म्युजिक प्रालि को दिपावली सागितिक कार्यक्रममा उनि प्याक भै सकेका हुन ।
१ बर्ष अघि बेदना एल्बम बजारमा ल्याएका उनले नयाँ एल्बम मुस्कानको तयारी सकेका छन । तिनै मुस्कान एल्बम का गीत दर्शक श्रोतालाइ सुनाउने भएका हुन । आफ्नो मात्र नभइ अरु गायक का गीतमा संगीत भर्न माहिर रहेका राइ अहिले पनि ५ वटा गीत को संगितमा ब्यास्त छ ।
अन्य गायक को गीत मा पनि संगित भर्न ब्यास्त छन उनि । मलेसिया मा नै चर्चामा रहेका गायक हरु अमर राइ, अनुराघ श्रेष्ठका गीत का संगितकार रहेका उनि यस अघि नै मलक्का का दर्शकमाझ चिनिसकेका अनुहार हुन । गत बर्षको चिनिया नयाँ बर्षमा मलक्का का दर्शक लाइ आफ्नो प्रस्तुती दिएर आफ्नो परिचय बनाइसकेका गायक राइको यस पटक म्युजिक खबर म्युजिक अबार्डमा आफ्नो गित मनोनयन मा परेपछी चर्चा थप चुलिएको हो ।
मलेसियाका स्टेज प्रोग्राममा आफ्नो प्रस्तुती दिएर दर्शकको मन जित्ने राई नयाँ एल्बम मार्फत दर्शक को मन जित्ने प्रयासरत छ्न ।
दिपावली को अबसरमा अक्टोबर २९ मा मलक्का मा हुने कार्यक्रम मा उनले अन्य गीत पनि प्रस्तुत गर्ने भएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *