युएईमा बराह मिनी मार्केट संचालनमा आयो

मोफसल सम्बाददाता – युएईको दुबईमा नेपालीको नयाँ व्यवसाय थपिने क्रम बढ्दो छ । नेपालीको लगानीमा पहिलोपटक बराह मिनी मार्केट संचालनमा आउने भएको छ  ।_mg_3372

नेपालमा  उत्पादन भएका  अग्रानिक खाद्यान्न बिक्रे वितरण गर्ने योजनाका  साथ बराहा ग्रुपका शिब लामिछानेको लगानीमा बरदुबाई  बसपार्क नजिकै अक्टोबर १४ तारिक बराह मिनी मार्केट संचालनमा आएको छ |

नेपलमा गोल्ड सप , सुपरमार्केट , ट्राभल एबम म्युजिक कम्पनि लगाएतका ब्यबसाय संचालन गरेर सफलता पाइसकेका बराहा ग्रुपका शिब लामिछानेको लगानीमा दुबईमा पहिलोपटक नेपालीको लगानीमा मिनी मार्केट संचालनमा आएको हो |

नेपाली दुताबास अबुधावीका कार्यबाहक राजदुत नेत्र टन्डनले रिबन कारेट उद्घाटन गरिएको मिनी मार्केट उद्घाटन कार्यक्रममा नेपाली चलचित्र विकास बोडका  अध्यक्ष, राजकुमार राई ,नेपाली  सोसियल क्लब युएईका अध्यक्ष सालिक सुबेदी लगाएत समाजसेवी , ब्यापारी , पत्रकारहरुको बाक्लो उपस्तिथी रहेको थियो |उद्घाटन समारोहमा बराहा ग्रुपका शिब लामिछानेले उपस्तिथ सम्पूर्णलाई स्वागत गर्दै सबैको साथ सल्ला हौसाला पाएमा चाडै युएईका अन्य राज्यमा पनि शाखा बिस्तार गर्ने बताए |_mg_3422

मिनी मार्केटमा नेपाली माटोमा उत्पादन गरिएका अग्रानिक खाद्यान्न राख्ने बताउदै लामिछानेले मिनी मार्केटमा  दैनिक जिबनमा आबस्यक सम्पूर्ण समान पाउने  बताएका  छन | युएईमा अन्य क्षेत्रमा लगानी लगाउने सोच रहेको बताएका लामिछानेले युएईमा  बराह मिनी मार्केट बाट पहिलोपटक लगानी गर्न लागिएको बताएका छन | बराहा ग्रुपको लगानीमा युके, हनाकंग, चाइना लगाएतका देशमा ज्लरी लगाएत बिभिन्न क्षेत्रमा लगानी रहेको छ |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *