युएईमा हराएका गौरव मोहोत्रालाई खोजिदिन आग्रह

कुशल वुचा युएई , काम गर्ने उदेश्यले भिजिट भिषामा यूएईमा गलाम – २ चारपाला गुल्मीका गौरव मोहोत्रा सेप्टेम्बर १८ तारिक देखि सम्पर्कबिहीन भए पछि परिवारले खोजिदिन आग्रह गरेका छन |  14569800_653296191501141_202654340_n

अगस्ट २३ तारिक भिजीट भिजामा युएई आएका  गौरब शारजाहमा बस्दै आएका थिए | शारजाहको एक रेस्टुरेन्टमा एकदिन मात्र काम गरेको उनि संगै बस्ने कोठाका साथीहरुले बताएका छन | सेप्टेम्बर १८ तारीख देखि देखी सम्पर्कविहीन भए पछी परिवार , आफन्तजन साथीहरुले उनीलाई खोजिरहेका छन |

संचारकर्मी,पत्रकार,संघ सस्था,नेपाली दाजुभाई तथा दिदीवहिनी जो जसले गौरवको वारेमा कही वाट जानकारी पाएमा वा खोजिनितीको लागी पहलको लागी अनुरोध गर्दछौ हुन सक्छ छिट्टै परिवारको दशैं र खुसी मनमा छाउने छ Iयदी कुनै पनी जानकारी प्राप्त भएमा निम्न स्थान वा सम्पर्क नम्वरमा तुरुन्त जानकारी दिनु होला I

शान्त सोभाबका सोझा बिबाहित गौरबको घरमा बुवाआमा एक श्रीमती र छोराछोरी रहेका छन  | २२ दिन अघी मात्र सम्पर्क भएको बताउदै गौरबका बुवा दुर्गा बहादुर मोहत्राले प्रदेशको ठाउँमा छोरा तिमि जहा भए पनि सम्पर्कमा आउँ भन्दै  तिमि कहा छौ हामि सबै जना चिन्तित छौ बरु सन्चै फर्केर आउ हामीलाई केहि धनसम्पत्ति चाहिन्न भन्दै गौरबलाई आग्रह गरेका छन | बुवा दुर्गा भन्छन  दशैँ लाग्यो सबैजना  दशैँ मनाउन लागे हामि चै छोरालाई खोजिरहेका छौ |

साउदी अरबियामा केहि समय काम गरेर नेपाल फर्किएका गौरब देशको आर्थीक र राजनीतिक स्थितिले गर्दा दिन प्रती दिन नेपाली युवाहरु विदेशिने संख्यामा थापिरहदा गौरब पनि केहि सपना सजाएर युएई आएका हुन | ४ लाख भन्दा वढी नेपालीहरु रहदै आएको युएईमा तिन  साता देखि हराइरहेका गौरबलाई खोजिदिन  युएईमा क्रियासिल संचारकर्मी  संघसस्थाका प्रतिनिधि समाजसेवी नेपाली दाजुभाई तथा दिदीवहिनीलाई उनको परिवारले अनुरोश गरेको छ | गौरब समन्धी कुनै पनी जानकारी प्राप्त भएमा  पंक्तिकार एबम मोफसल मिडियाकर्मी  कुशल बुचाको सम्पर्क न  ०५५५४७७६६४ मा खबर गर्न अनुरोध गरेका छन |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *