विजयादशमीको सुभकामना

हरेक बर्ष आउने नेपालीको ठूलो चाड बिजय दशमीको उपलक्षमा देश बिदेशमा रहनुभएका सम्पूर्णनेपाली तथा हिन्दुधर्मालम्बीहरुलाई मंगलमय शुभकामना। विजयादशमी हिन्दु धर्मालम्बीहरुको मुख्य पर्व हो । धर्म सस्कृति अनि बिभिन्न परम्पराहरु मानिसहरु जहाजहा जान्छन संगै लिएर जान्छन । दशैँ नेपाल र बाहिरका देशहरुमा बसोबास गर्ने हिन्दुधर्मालम्बीहरुले पनि उत्साहित भएर मनाउने गरिन्छ , हामि प्रवासमा रहेका नेपालीहरुले पनि नेपाली र हिन्दुत्वको गर्ब गर्दै विजयादशमी मनाउने गर्छौ । एउटा नेपाली देश छाडेर विदेशिन्छ अनि उसको मनमा उकुसमुकुस भएको रास्ट्रियता अनि देशभक्तिभाव झल्किन्छ ्र त्यो रास्ट्रिय प्रेमलाई दशैँ र यस्ता मुख्य पर्बलाई अबसरको रुपमा लिने गरिन्छ | युएईमा पनि सामाजिक राजनीतिक , क्षेत्रीय ,र्धािमक नेपाली सङ्घ(संस्थाहरू विभिन्न कार्यक्रम गर्दै मनाउने गर्दछन ।
पछिल्लोपटक युएईको कानुनि अड्चनका कारण युएईमा सुभकामना आदान प्रदान, सांस्कृतिक कार्यक्रम र दशैँ भोजको आयोजना गर्दै औपचारिक रुपमा मनाउन लागेका छैन । तथापी आफन्त साथीभाईहरुलाई बोलाएर परम्परागत भेटघाट गर्ने , दशै बिशेष खानपिन गर्ने , सुभकामना दिने लगाएतका गतिबिधि हुनेछन ।
हामी युएईमा बस्ने नेपालीहरु हाम्रो देश नेपाल जस्तै युएईमा पनि बहुजाति, बहुभाषिक, बहुर्धािमक, बहुसास्कृतिक परिवार भएकोमा गर्ब गर्दछौ । यहा रहेका सबै जाति भाषिक एबम र्धािमक आस्था राख्ने सबै संग समानरुपमा एकअर्कालाई सुभकामना दिने गर्छौ ।
नेपालको संबिधानले नेपाल अधिराज्यलाई आपसी सहिष्णुता र सामाजिक सद्धभावको अभिवृद्धि गर्न राज्यले सबै जातजातिहरुको भाषा, घर्म, संस्कृति चाडपर्व र रितिरिवाज वा परम्परालाई हेर्ने दृष्टिकोण एउटै र समान बनाएको छ । हामि प्रवासमा रहेका सबै धर्मालम्बीहरुको संस्कृति र चाडपर्वहरुलाई सम्मान गरी सहिष्णुता र सामाजिक सद्धभावले मनाएर आपसी सदभाब बलियो बनाउनका निम्ति दशैँ र दशैँ जस्ता चाडपर्वले मुख्य भूमिका खेल्छ खेल्नुपर्ने हुन्छ ।
नेपाल पत्रकार महासंघ युएईको सदस्य  भएर वा स्वस्तन्त्र भएर  सामाजिक पत्रकारिता गर्छौ  । यस पटकको विजयादशमीको अबसरमा नेपाल पत्रकार महासंघ युएईले युएईमा रहेका सम्पूर्ण सामाजिक , जातीय , राजनीति , क्षेत्रीय सस्था एबम बिभिन्न सामाजिक व्यक्तित्वहरु संग चियापानका साथ विजयादशमीको सुभकामना आदानप्रदान गर्दै मनाउने योजनामा छौ ।
त्रिलोचन कोइराला
अध्यक्ष ,
नेपाल पत्रकार महासंघ युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *