दसैं

पख दशैँ
यता नआइज तँ
म उतै आउँछु
बिदेस सम्म किन दुख पाउँछस
म आफै त्यतै धाउँछु
कुल मा जमारा राखेका होलान
आमाले चिउरा कुटेकी होलिन
बाउ ले खसी ल्याएका होलान
भाइ बहिनीले नया नाना पाएकै होलान
साथिभाइले पिङ थापेका होलान
मै मात्रै परदेशमा कसरी रमाउँ
थपथाप मर-मसला लिएर म आफै आउँछु
खाएर भन्दा पिङ खेलेरै रमाउँछु
केही समयको राहत त पाउँछु
मान्यजनको आशिर्वाद लिन म आफै धाउँछु
पख दशैँ
यता नआइज तँ
म उतै आउँछु ।

राजेश बोहरा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *