अविस्मणीय दार्जिलिंग यात्रा

img_0180
लेखक :-रमेश खड्का काशी

प्रवासको दश बर्ष बिताएर एघारौ बर्ष प्रवेश गर्ने लाग्दा हरेक बर्ष झैँ यस बर्ष पनि युएईबाट बार्षिक बिदामा एक महिने छुट्टीमा नेपाल घर जाने योजना बनाइयो । प्रबासको ठाउ,सधै घरपरिवारको माया ममताबाट टाढिएर बस्नु पर्ने बाध्यता,त्यही भएर पनि होला नेपाल जाने भनी सके पछि सबै चाजोपाचो आफै मिल्दै गयो र जुलाई १५ को दिन दुबईबाट नेपाल उडियो ।

नेपाल पुगेका केहि दिनहरु पारिवारिक भेटघाट र जमघट मै बित्यो , नेपाल बसाइको एक हप्ता पछि पारिवारिक घुमफिरको लागि भारतको दार्जिलिंग शहर जाने योजना बनाइयो, नभन्दै जुलाई २४ तारिकको दिन नेपालबाट दार्जिलिंगको यात्रामा प्रस्थान गरियो ।

हाम्रो यात्रा शुरु भयो पुर्बी नेपालको काकड़भीट्टा नाकादेखि भारतको पानिटेंकी सम्म रिक्सा चढेर । भारु ३० रुपया तिरे पछी रिक्सा ,गाडी दुवैले पारि सम्म पुराई दिने रहेछन । भारतको पानिटेंकी देखि दार्जिलिंग जानको लागि हामीले सजिलो र सस्तो बाटो रोज्यो जसको लागि भारतीय यात्रु बसमा पुन तिस रुपया भाडामा झन्डै एक घण्टाको यात्रा पछी दार्जिलिंग मोड पुगिने रहेछ । हामी पनि त्यही बसमा यात्रा गदै नक्साल ,बाक्डूरा हुदै दार्जिलिंग मोड सम्म पुगौ । दार्जिलिंग मोड जसलाई सिलिगुडी पनि भनिन्छ, सिलिगुडीबाट दार्जिलिंग जानको लागि ट्याक्सीहरु प्रसस्तै पाइने रहेछन । त्यहाँ रहेका ट्याक्सी चालकहरुको भाडा दर पनि फरक फरक हुनेरहेछ । दैनिकी चल्ने ट्याक्सीहरुको  भाडादर भन्दा रिजर्बका ट्याक्सीहरुको भाडादर निकै फरक हुने रहेछ । जुन ट्याक्सीहरु दिनै पिच्छे दार्जिलिंगबाट सिलिगुडी आउने जाने गर्छन । उनीहरुको ट्याक्सीमा मात्र चढेर यात्रा गर्ने हो भने निकै कम भाडामा जान सकिने रहेछ । हामीहरु पनि त्यही ट्याक्सी चढेर पहाडको फेदी नै फेदी उकालो लाग्यो । लगभग ३ घण्टाको यात्रा पछी हामी दार्जिलिंग पुग्यौ ,हेर्दैमा लोभ लाग्ने दृश्यहरुले हामीलाई निकै प्रफुल्लित बनायो । जब जब दार्जिलिंग शहर पुगियो ,मलाई त्यो ठाउकोको बारेमा बिशेष चासो र खोजि गर्ने रहर पैदा भयो त्यहो अनुसार मेरो अध्ययन सुरु भयो जसलाई यहाँ प्रस्तुत गरेको छु :-

दार्जिलिंग शहर समुन्द्र सतहदेखि लगभग ६८१२ फुटकोको उचाइमा रहेको छ । यो भारतको पश्चिम बंगाल राज्यमा पर्छ । यो नगर महाभारत पहाड भागमा अवस्थित छ । दार्जिलिङ शब्दको उत्पति दुई तिब्बती शब्द, दोर्जे (चट्याङ/असिना ) र लिङ्ग (स्थान) बाट भएको मानिन्छ । यसको अर्थ “चट्याङ स्थान” हो । अर्को अर्थमा दार्जिलिंगलाई असिना हुने चिसो ठाउ पनि भन्ने गरिन्छ । १९औ शताब्दीको पूर्वसम्म यो ठाउँ माथि नेपाली र सिक्किमीहरुले राज्य गर्दथे; केही लेप्चा समुदायको पनि बसोबास थियो । सन् १८२८मा एक बेलायती इस्ट इन्डिया कम्पनीको अधिकारीहरूको टुकडी सिक्किम जांदै गर्दा दार्जीलिंग पुगे र यस ठाउ मै वेलायती सेनाको लागि एउटा अस्पताल निर्माण गरेका थिए । दार्जिलिङको इतिहास नेपाल, भुटान, सिक्किम र बंगालसँग जोडिएको छ । सन १८४१मा बेलायतीहरूले यहाँ एक प्रायोगिक चिया कृषि कार्यक्रम सञ्चालन गरेका रहेछन । यस प्रयोगको सफलताको कारण यहाँ १९ औ शताब्दीको दोस्रो भागमा यस सहरमा चिया बगान लगाउन थालेका रहेछन । दार्जीलिंगलाई बेलायतीहरूले सिक्किमसंग सन १८४९मा खोसेर लिएका रहेछन  । दार्जिलिङमा केही बेलायती शैलीका सार्वजनिक विद्यालय पनि छन्, जसले भारत र नेपालबाट धेरै विद्यार्थीहरूलाई आकर्षित गर्दछन् ।

दार्जीलिंग हेर्दा प्राकृतिक रुपमा जति सुन्दर छ त्यहा रहेका नेपालीभाषीहरु पनि त्यति नै सुन्दर र बोलिचिलीमा मिठास रहेछन । त्यहा रहेका नेपालीहरुको बोल्ने शैली अनि एक अर्का प्रति गरिने आदर सत्कार झनै सम्मान योग्य नै छ ।

दार्जिलिंग शहरमा घुम्न लायक केहि स्थानहरु छन जसलाई मैले तल उल्लेख गरेको छु :-

टाइगर हिल :-दार्जिलिंग शहरको मुख्य पर्यटक आकर्षण रहेको यो हिल २५९० मिटर उचाइमा रहेको छ । दार्जिलिंग शहरबाट ११ किलोमिटर दुरीमा रहेको यो ठाउँ जहाँ बिहानीपख सुर्यादय (घाम उदाउने) हेर्नेहरुको बाक्लो घुइचो रहेको हुन्छ.यहाँबाट कन्चनजनघा ,सगरमाथाका दृश्यहरु प्रस्ट देख्न सकिन्छ ।

हिमालय रेल :- सन् १९९९मा विश्व सम्पदा सुचिमा परेको यो हिमाली रेल सेवा दार्जिलिंगको अर्को पर्यटकको आकर्षण हो । यो रेल अहिले सम्म पनि डिजेलबाट संचालित छ ।14010100_1664352740548603_8693277_n

बतासिया लुप :-दार्जिलिंग शहरबाट २० मिनेट ट्याक्सीको दुरीमा रहेको यो ठाउँ ,प्राकृतिक रुपमा अति सुन्दर रहेको छ । यस स्थललाई ब्रिटिसहरुले निर्माण गरेका हुन्, यहाँ बहादुर गोर्खा सैनिकहरुको सालिक पनि राखिएको छ ।war-memorial-darjeeling

पिस पेगोडा :- जसलाई जापानिज टेम्पल पनि भनिन्छ .२८.५ मिटर उचाई र २३ मिटर फराकिलो यो बौद स्तूप जापानी भिक्षुले १९७२मा बनाउन लगाएका हुन् ।img_0169

डाडा मन्दिर :उचाईको दृस्टीकोणले हेर्दा नेपालको स्वयम्भु जस्तो देखिए पनि यो हिन्दुहरुको पवित्र स्थल हो .यहाँ भगवान शिवको मुर्ति राखिएको छ । डाडा मन्दिरलाई महाकाल मन्दिर पनि भनिन्छ ,मन्दिरको उतरभागबाट नेपालका उच्च हिमशिखरहरुको दृश्य देख्न सकिन्छ ।7966254798_f1d104409f

तेन्जिंग रक :- दार्जीलिंगको अर्को महत्पूर्ण घुम्न लायक ठाउँहरु मध्ये तिन्जिंग रक हिल पनि एक हो । तेजिंग नोर्गेको सम्झनामा बनाईएको उक्त हिलमा बिशेष गरि रक क्ल्यामिंग तालिम दिने गरिन्छ ।tenzing-rock-darjeeling-india1152_13412867983-tpfil02aw-11413

त्यसो त दार्जिलिंग शहरमा यस्ता धेरै ठाउँहरु छन् जसलाई मैले यहाँ सबै उल्लेख गर्न सकिन तर पनि प्राकृतिक सम्पदाले भरिपूर्ण यो शहरलाई मानव निर्मित सिर्जनाहरुले अझ निकै घुम्न लायक बनाएका छन ।

यति सुन्दर र पर्यटकीय स्थलहरु रहेको दार्जिलिंग शहरमा साझपख हुने ट्राफिक जाम भने असहज नै देखिन्छ ,सरकारी निकायबाट ट्राफिक पुलिस र सुरक्षा व्यवस्थामा निकै ध्यान पुर्याए पनि साघुरो पहाडको फेदीमा निर्माण गरिएको दुइ लाइनको बाटोको कारण साझ भने ट्राफिक जाम निकै कष्टकर नै देखिन्छ ।

दार्जिलिंग शहर सामाजिक र प्राकृतिक रुपले जति सन्तुस्ट भए पनि राजनैतिक रुपले भने सन्तुस्ट देखिन्दैना । अधिकाश नेपालीभाषीहरुको बाहुल्यता रहेको उक्त शहर भारतको पश्चिम बंगाल सरकारको मातहतमा रहेको छ । दार्जिलिंगमा रहेका नेपालीभाषीहरुले बर्षौ देखि दार्जीलिंगलाई आफ्नो छुटै गोर्खा ल्याण्डको माग गरे पनि अहिले सम्म उनीहरुको माग भने पुरा हुन सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *