ज्योति माविमा अध्यायन गर्ने भूतपूर्व बिद्यार्थी संगठित भए

मोफसल सम्बाददाता – शिक्षाको आधुनिकीकरण संगै नया पिंढीलाई विश्व शिक्षासंग जोड्ने उदेश्यले झापाजिल्लाको तोपगाछीमा रहेको ज्योति माध्यमिक बिद्यालयमा अध्ययन गरेका भूतपूर्व बिद्यार्थीहरुले आफुले अध्ययन गरेको विद्यायललाई नमुना बिधालय बनाउन पुर्ब विधार्थीहरुले ज्योति मावि भूतपूर्व बिद्यार्थी मिलनकेन्द्र बनाएर संगठित भएका छन ।ed

ज्योति माध्यामिक विद्यालय तोपगाछी ३ मा अध्ययन गरेर हाल बिभिन्न स्थानमा छरिएर रहेका भुतपूर्व बिद्यार्थीहरुले एक सामाजिक संझाल बनाएर संगठित भएका हुन । आफ्नो गाऊ अनि आफुले क, ख पढेको स्कुलको माया सबैलाई हुन्छ भन्दै संगठित भएका भुतपूर्व विधार्थीहरुले यहाँ सम्म आउन हामीलाई हाम्रै गाऊ समाज र बिद्यालयले ठुलो भूमिका खेलेको स्मरण गर्दै बिधालयको शैक्षिक तथा सामाजिक बिकाशको लागि सहयोगी भूमिका खेल्न संगठित भएको अभियानका संयोजक मनोज सुबेदीले बताएका छन ।

ज्योति मावि भूतपूर्व बिद्यार्थी मिलनकेन्द्रले ज्योति माविलाई स्तरउन्नति गर्न सहयोग गर्ने शिक्षक अबिभाबकलाई सम्मान गर्ने योजना बनाएको छ । शिक्षक बिधार्थी तथा अबिभाबहरुका लागि पुस्तकालय बनाउने , स्कुललाई आधुनिकीकरण शैक्षिक समंग्री उपलब्द गरेर प्रयोगात्मक शिक्षामा सहयोग गर्ने योजना बनाएको समाजले आर्थिकस्तर कमजोड भएका विधार्थीहरुलाई छात्रवृत्ति दिने योजना पनि बनाएको समितिका कोषाध्यक्ष ओम खड्काले बताए ।

ज्योति माध्यामिक विद्यालयमा अध्ययन गरेका भुतपूर्व विधार्थीहरुको मिलनकेन्द्र बनाउन बिशेष अबस्थामा बिभिन्न जनचेतनामूलक , शिपमुलक एबम परिचयात्मक मिलन कार्यक्रम आयोजना गरिने समितिले योजना बनाएको संयोजक सुबेदीले बताए ।
सामाजिक संझाल बाट संगठित भएर बनेको समितिको अध्यक्ष मनोज सुबेदी रहेका छन । बिनोद बुडाथोकी उपाध्यक्ष ओम खड्का कोषाध्यक्ष भएको समितिमा सचिब खगेन्द्र दुलाल रहेका छन । समितिमा दिनेश दंगाल , कुबिर बस्नेत र राजकुमार श्रेष्ठ सदस्य रहेका छन । ज्योति माध्यामिक विद्यालयमा अध्ययन गरेका भुतपूर्व विधार्थीहरुको मिलनकेन्द्रमा बिभिन्न देशबाट पनि सदस्य राखिएको संयोजक सुबेदीले बताए । सुबेदीका अनुसार युएई बाट नेत्र खड्का ,त्रिलोचनकोइराला , रोशन दाहाल,कमल दंगाल ,रेवतीकुमार श्रेष्ठ (कतार) रबिन भट्टराई राजेन्द्र सिग्देल (साउदी अरबिया ) होम श्रेष्ठ (अस्ट्रेलिया ) खेम गुरुङ ( मलेसिया) अनु केशी (ईजरायल ) चन्द्रबहादुर भुजेल (बेलायत) रहेका छन । संयोजक सुबेदीले प्रस्ताविक समिति सम्पर्क समिति रहेको जनाउदै ज्योति माध्यामिक विद्यालयमा , अध्ययन गरेका सम्पूर्ण बिधार्थी समितिको सदस्य रहेको जानेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *