लोक दोहरीमा फैलदै गइरहेको विकृतिलाई निरुत्साहित गर्न मेरो उमेदवारी : बद्री पंगेनी

 काठमाण्डौ
लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालको आगामी कार्यकालको लागि लोक तथा दोहरी गायक बद्री पंगेनीले उमेदवारी दिएका छन । 14359166_1223085214409073_1642800717354354939_n
उनले लोक कलाकार एबं साथीहरुलाई सम्बोधन गरेर जारी गरेको प्रतिवद्धता तथा घोषणा पत्रमा आफुले अध्यक्ष पदमा उमेदवारी दिएको र आफ्नो नेतृत्वमा लोक तथा दोहरी गीत प्रतिष्ठानबाट व्यक्तिगत र संस्थागत रुपमा गनुपर्ने कुराहरुलाई मुख्य ९ बुँदामा प्रस्तुत गरेर उमेदवारीको घोषणा गरेका छन । आफु प्रतिष्ठानको पहिलो अधिवेसन देखीनै विभिन्न जिम्मेवारी सम्हाल्दै आएको कुरा दर्शाउदै उनले आफु कर्तव्यनिष्ठ र कलाकारको हितमा सदैब काम गरेको पनि उल्लेख गरेका छन । प्रतिष्ठानको बर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष रहेका उनी  दुर दराज र मोफसलका कलाकारका प्रतिभालाई मुल धारमा ल्याउने कुरा पनि सो घोषणा पत्रमा उल्लेख गरेका छन ।
संस्थामा विधान विपरित हुने गरेका काम कारवाही लाई निरुत्साहित गरिने बताउदै उने दोहरी साँझहरुमा कार्यरत कलाकारहरुको समस्या र उनीहरुलाई हेर्ने नजर सम्मानित बनाउन आफु लागि पर्ने पनि बताएका छन । कलाकार कल्याणकारी कोषलाई बढाउदै लैजाने र कलाकारहरुलाई जिम्मेबार सामाजिक र परम्परागत जिम्मेवारीको बोध गराउने पनि सो घोषणा पत्रमा उल्लेख गरिएको छ ।
यही असोज ८, ९ र १० गते  काठमाण्डौमा हुन गइरहेको प्रतिष्ठानको अधिवेसनमा अध्यक्षका लागि उनको प्रतिस्पर्धीका रुपमा गायक विष्णु खत्री र टिकाराम चापागाईले पनि उमेदवारी घोषणा गरिसकेको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *