क्षितिज चिन्तनको ‘नरुनु आमा’ बोलको गीत बजारमा

लक्ष्मण खनाल, युएई
युएईलाई कर्मथलो बनाउदै आएका गायक क्षितिज चिन्तनको स्वरमा रहेको ‘नरुनु आमा’ बोलको गीत १९ सेप्टेम्बर २०१६ देखी बजारमा आएको छ ।narunu-aama
सञ्चारकर्मी त्रिलोचन कोइरालाको गीत , राजन राज सिवाकोटीको संगीत रहेको उक्त गीतलाई साई भिजन प्रा.ली ले बजारमा ल्याएको हो । गीतले परदेशमा रहेका नेपालीहरु चाडबाड मनाउन छुट्टी नपाएको र घर जान नसकेको  भाव बोकेको छ ।
सोही गीतको भिडियो पनि युटुब मार्फत सार्वजानिक भएको छ । प्रकाश भट्टको निर्देशनमा कलाकारहरु क्षितिज, विना, सनम र राजकुमारको बेजेड अभिनय देख्न सकिनेछ भने सम्पादन विष्णु शर्माले गरेका हुन । युएई र नेपालका विभिन्न ठाँउमा छायाँकन गरिएको उक्त भिडियोमा करण चैसिर र शाहस शाक्यले पनि साथ दिएका छन ।
आउदै गरेको विजया दशमी र दिपावली आफ्नो प्यारो मातृभुमी जान चाहेर पनि नपाएका नेपालीहरुका पिडाहरु समेटेर गीत तयार पारिएको सर्जक त्रिलोचन कोइरालाले बताएका छन ।
गीत :

Leave a Reply

Your email address will not be published. Required fields are marked *