एन-ब्रोदर्सको बहुप्रतिक्षित पप गितको म्युजिक भिडियो बन्दै

दुबईमा एन-ब्रोदर्सको बहुप्रतिक्षित पप गित दुइदिनको जिन्दगानीको  म्युजिक भिडियो  मोफसल मीडिया ग्रुपको प्रस्तुतिमा केहि दिन पहिला शुटिंग सम्पन्न भएको छ।14359864_1228749147176123_291496353_o

हिडीरहेछु सुनसान रातमा डुबिरहेछु तिम्रो यादमा एकान्तमा खुसि सारा दिउकी भनी मनमा धेरै आशा लिइ म आज हिडदैछु जुनेली रातमा…. सम्भावना अपेक्षा प्रतीक्षाका अधिक शब्दहरुले सजिएको  पप गीतमा मोडलिङ क्षेत्रमा नबप्रवेशी मोडलहरु सोनु ,अस्मी   ,चीरन र जेनीले कालात्मक अभिनय गरेका छन | गीतलाई गगन र रोहितले सिनेमेटोग्राफी गरेका छन भने म्युजिक भिडियो एन-ब्रोदर्स आफैले नै निर्देशन गरेका छन |14360398_1228749160509455_370426901_o दुबाईको सुन्दर मोह मनोरमस्थलहरुमा रात्रीकालिन समयमा सुतिंग गरिएको गित उत्कृष्ट बनेको रोहितबिक्रम कर्किले बताए | म्यूज़िक भिडियो आशा लाग्दो भएको छ  अरु म्युजिक भन्दा धेरै फरक खालको रहेको जानकारी एन-ब्रोदर्सका चीरनले बताएका छन | चीरनका अनुसार गीतपनि कसाईलाई इस्पेशल डेडिकेट रहेर नै शब्द तयार गरिएकाले म्युजिक भिडियो बिशेस बनेको छ | बिशेष गितमा कलाकारहरुको जिबन्त अभिनय गरेको बताउदै एन-ब्रोदर्सले भिडियो निर्माण गर्न सहयोग गर्ने मोफसल मिडिया ग्रुपका रोहित बिक्रम कार्की,कुशल बुचा , गगन बिकलाइ धन्यवाद  दिएका छन |  म्युजिक भिडियो छिटै सार्वजानिक गर्ने र दर्शकहरुको माया पाउने ठुलै आशा बोकेको एन-ब्रोदर्सले अपेक्षा गरेको छ | मोफसल मिडिया ग्रुप अनलाईन समचार , अनलाईन टेलिभिजन तथा  युएईमा म्युजिक भिडियो निर्माण , सास्कृतिक कार्यक्राम आयोजनामा  सक्रिय मिडिया ग्रुप हो |

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *