को हुन् गणेश बस्नेत ?

२०२२ सालमा तेह्रथुमको जलजलेमा जन्मिएका गणेशवहादुर बस्नेत २०४० सालमा झापाको दमक–११ मा वसाई सराईको शिलसिलामा आएका हुन । २०४२ सालदेखी उद्योग वाणिज्य संघमा सदस्यको रुपमा प्रवेश गरेका बस्नेत यही भाद्र २४ गते शुक्रबार सम्पन्न हुने उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उम्मेद्धवार बनेका छन् ।

aaa

झापा उद्योग वाणिज्य संघ शाखा दमकको स्थापना पछिी ०४२ सालदेखी बस्नेत २०७३ सालसम्म निरन्तर छन् । ०४७ सालदेखी दमक उद्योग वाणिज्य सघको स्थापना पछी विभिन्न उपसमितिहरुमा सक्रिय बस्नेत ०६० र ०६२ सालमा अत्याधिक मतसहित कार्यसमिति सदस्यमा विजयी भएका थिए ।

नेकपा एमाले झापा जिल्ला कमिटि सदस्य उद्योगी व्यवसायी बस्नेत दर्जनौ सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् । एमाले सम्बद्ध नेपाल उद्योग तथा व्यवसायी महासंघ नेपालको केन्द्रीय सदस्य उनी नेपाल भारत मैत्री संघ दमकको अध्यक्ष, निर्माण व्यवसायी संघ झापाको निवर्तमान अध्यक्ष थिए ।त्यसैगरी कन्काई मुक्तिघाट निर्माण समितिको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन भने दमक–१० मा अवस्थित लक्ष्मिीनारायण मन्दिरको संरक्षकसमेत छन् ।

दोर्णचार्य स्मृति प्रतिष्ठान झापाको सल्लाहकार उनी दमक–११ मा अवस्थित पशुपति मन्दिर निर्माण सेवा समितिको सदस्य हुन् । सामाजिक, धार्मीक, परोपकारी सेवा लगायत उनको परिचय दमकमा मात्र नभएर पुर्वक्षेत्रको सफल र स्थापित व्यवसायीमा पर्छन् । पार्टीभित्र र सामाजिक क्षेत्रमा आफ्नो गतिलो सहभागिता र सक्रियता देखाईराखेका वस्नेतलाई यतिवेला दमक उद्योग वाणिज्य संघमा विजयी गराउँन सम्पुर्ण उद्यमी व्यवसायीहरुको साथ, सर्मथन र सहयोग आवश्यक छ ।

यस पटकको सहयोग र साथले दमकको उद्योग व्यवसायको संरक्षण र सम्वद्र्धनमा ठुलो सघाउँ पुग्ने सर्वसाधरण मतदाताहरुको विचार छ ।दमक–११ मा हेना कन्सट्रक्सन प्रोपाइटर उद्यमी व्यवसायी बस्नेत केर्खा बिक्स प्रालि तोपगाछी–७ को अध्यक्ष हुन् ।

ganesh (46)

दमक–१३ मा अवस्थित माता पाथिभरा आयल सप्लायर्सको अध्यक्ष र दमक–१० मा रहेको हरिओम डेमलोपमेन्टको अध्यक्षको जिम्मवारी कुशलताका साथ वहन गरिरहेका छन् ।त्यसैगरी बस्नेत माड्डमालुङ टी इम्टेट प्रालिको सल्लाहकार हुन भने झापाको शनिअर्जुनमा अवस्थित विलकोन इण्ड्रष्ट्रिज प्रालिको संचालकसमेत हुन् ।

यही भाद्र २४ गते दमक उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका उम्मेद्धवार बस्नेत ‘समृद्धिका लागि परिवर्तन’ भन्ने मुल नारासहित मतदाताहरुसंग पुगेका छन् ।उनले दमक उद्योग वाणिज्य संघलाई सवल र सक्षक नेतृत्वको जिम्मेवारी सम्हाल्न आफ्नो उम्मेद्धवारी भएको वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *