सबल सक्षम नेतृत्व प्रदान गर्न मेरो उम्मेद्वारी हो : बस्नेत

यही २४ गते झापाको दमकमा हुन लागेको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षको उम्मेदवार हुन गणेशबहादुर बस्नेत । तीन दशक भन्दा लामो समयदेखि दमकको सामाजिक तथा व्यवसायीक क्षेत्रमा बस्नेत संलग्न रहदै आएका बस्नेत निर्माण व्यवसायी हुन् । नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान पार्टीसहितको गठबन्धनबाट उम्मेदवार बनेका बस्नेत आफूहरु वाणिज्य संघमा नयाँ नेतृत्व स्थापित गर्न तथा संघलाई साझा संस्थाका रुपमा विकास गर्न अगाडी बढ्ेको बताउछन् । झापा उद्योग वाणिज्य संघ स्थापनाकालदेखि यहाँको व्यवसायीहरुको समस्यामा केन्द्रीत रहेका बस्नेत आसन्न संघको निर्वाचनमा आफूहरुको गठबन्धन बलियो भएको दावी गर्छन् । प्रस्तुत छ : अध्यक्षका उम्मेदवार बस्नेतसँग गरिएको कुराकानी ।

–संघमा तपाईको उम्मेदवारी किन ?

हामीले दमक उद्योग वाणिज्य संघलाई नयाँ योजनाका साथ अगाडी बढाउने नेतृत्व चाहेका छौ । संघ हिजो जस्तो थियो,त्यो ढंगले मात्र सञ्चालन हुन सक्दैन , चलाउनु पनि हुँदैन् ।

दमकका तमाम उद्यमी,व्यवसायीहरुको सम्बन्ध संग जोडिएको यस संघलाई नयाँ ढंगले रुपान्तरण गर्न पनि हाम्रो गठबन्धनले समृद्धिका लागि परिवर्तन भन्ने आव्हानका साथ व्यवसायीमाझ प्रस्तुत भएका छौ । मूलतः हामी संघमा काम गरेर देखाउनका लागि संयुक्त प्यानलका साथ निर्वाचनमा उभिएका छौ ।

– एमालेका असन्तुष्ट पक्ष पनि निर्वाचनमा उत्रिएका छन, यस्ले असर गर्छ जस्तो लाग्दैन ?

एमालेका असन्तुष्ट भएपनि उहाँहरुले अव हाम्रो गठबन्धनलाई कुनै प्रभाव पादैन । नगरका तमाम व्यवसायीहरुले असन्तुष्ट समूहको योजना पार्टी हित भन्दा पनि केवल स्वार्थका लागि मात्र रहेछन् भनेर बुझिसकेका छन् । हामीले व्यवसायीका माँझ उहाँहरुको कुकर्त बुझाएका छौ, यसले गर्दा पनि हामीलाई त्यस समूहले खासै असर पादैन् भन्ने लागेको छ ।
उहाँहरुको बारेमा मैले धेरै भन्नुभन्दा पनि पार्टीले प्रष्ट भनिसकेको छ , पार्टीलाई कमजोर हुने गरि बनाईएका ती जालझेल अव सडकमा नाङिसकेका छन् । यो भन्दा बढी मैले उहाँहरुको बारेमा बोल्न जरुरी पनि ठानेका छैन् ।

ganesh (46)

–तपाईको उम्मेदवारी निकै विवास्पद बन्यो नी ?

त्यस्तो छैन् । बिवादस्पद भएको भए, म यसरी अध्यक्षका रुपमा कहाँ पो प्रस्तुत हुन्थे नी ? निश्चय पनि नेतृत्व छान्दा म परिन भने पार्टीनै हार्छ भन्ने गलत सोचले गर्दा बाहिर केहि विवादका कुरा आएकानै हुन् । तर अहिले त्यस्तो छैन्, पार्टी एक ढिक्का भएर संघको निर्वाचनमा जुटेको छ । पार्टीबाहिरका समूहले हामी माथि विभिन्न भ्रम छराएका छन् । हाम्रो गठबन्धनप्रति व्यवसायीहरुको उर्लदो विश्वासलाई हेर्न नसक्ने केहि अवसरवादीहरुले हामीमाथि यसरी अनर्गल प्रपोगण्डा फैलाएका छन् ,त्यस्ता अतिरञ्जित, भ्रमको पछि नलाग्न आग्रह गर्न यसै पत्रिका मार्फत सवै व्यवसायीहरुलाई अनुरोध गर्न चाहन्छु ।

–तपाई पार्टीको राजनीतिमा पनि हुनुहुन्छ समय दिन सक्नुहुन्छ ?

होला, म राजनीतिमा केहि बढी सक्रि भए होला । तर सक्रिय भएका कारण मैले व्यवसायीका नेतृत्व गर्न पाउदैन् ,सक्दैनन् भन्ने कहाँ लेखेको छ ? म एउटा व्यवसायी हुँ , एउटा व्यवसायीले राजनीति चेतना लिनु के अपराध हो र ? यसमा मेरो जिज्ञासा रहिआएको छ ।
तर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु की यो गणेश बहादुर बस्नेत संघको नेतृत्व लिन मात्र तीन वर्ष भरि व्यवसायीका भरिया हुन आएको छ । नयाँ तथा पूराना पुस्तालाई समन्वय गरेर मेरो ३५ बर्षे व्यवसायीक अनुभव दिन पनि संघको अध्यक्ष बन्न मैदानमा उत्रिएको छु । जहाँसम्म गणेश बस्नेतले समय दिन सक्दैन्, नेतागिरी मात्र गर्छ भन्ने सवै भ्रम मात्र हुन् । म सधै व्यवसायीका माm छु ,भोलि पनि रहन्छु ।

–दमक उद्योग वाणिज्य संघका भोलिका चुनौतीहरु के–के देख्नुभएको छ ?

हामीले संयुक्त प्यानलमार्फत १६ बुद्धे प्रतिवद्धताहरु सार्वजनिक गरिसकेका छौ । ती सवै प्रतिवद्धताहरुलाई निसर्त कार्यान्वयन गर्न हामी इमान्दारिताका साथ लाग्ने फेरि पनि प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

मूलत ,हामीले संघलाई दमकको विकास संग हातेमालो गर्ने , दमकको आर्थिक विकासमा टेवा पुर्याँउने राष्ट्रिय गौरवका योजनाहरु छिटो पूरा गराउन समन्वय भूमिका निर्वाह गर्ने, इलम प्रशिक्षण केन्द्रलाई स्वरोजगार जनशक्ति उत्पादन गर्ने, दमकको सुरक्षाका लागि सीसी क्यामेरालाई प्रभावकारी बनाईने , राहत कोष थप बृद्धि गदै लैजाने, दमकलाई बन्दमुक्त वनाउन भूमिका खेल्ने ,चन्दा आतंकलाई नियन्त्रण गरि भयमुक्त व्यवसायीक सुरक्षाको प्रत्याभूति दिन लाग्नु पर्ने लगायतका समस्या चुनौतीका रुपमा देखिएका छन् ।

हामी यी सवै चुनौतीहरुलाई पूरा गराउन सक्षम नेतृत्व दिन चाहन्छौ । हामीसंग यी काम पूरा गर्ने साहस छ, हिम्मत छ, त्यसैले पनि अव व्यवसायीहरुले सक्षम नेतृत्वलाई संघमा स्थापित गराउनुपर्छ ।

–व्यवसायीक हितमा संघ क्रियाशील नभएको भन्ने भनाई हो यहाँको ?

वाणिज्य संघ जुन उद्देश्यका साथ स्थापना भएको हो , त्यस अनुसार गतिशील हुन नसकेको सवैलाई विदीतै छ । हामी दमकका व्यापारी,व्यवसायीहरुले जसरी नेतृत्वमा व्यवसायीहरुलाई स्थापित गर्यौ तर उहाँहरुको सोच र जिम्मेवारी खासै प्रभावकारी भएन् । संघको गरिमा हामीले गर्व गर्ने लायक भएन् । संघका नेतृत्वले दमकको विकाससंगै यहाँका व्यवसायीहरुसंग जोडिएका समस्या समाधान गर्ने तर्फ विल्कुल केन्द्रीत भएनन् । त्यसैकारण संघ दमकका समग्र व्यवसायीहरुको साझा संस्था हो भन्ने अनुभूति दिलाउन हामीले दुरदृष्ट्रि योजनाका साथ व्यवसायीहरुमाझ आएका छौ ।

–वाणिज्य संघमा यसरी दलीय रुपमा उम्मेदवार हुनु कतिको उपयुक्त होलान नी ?

निश्चय पनि दमक उद्योग वाणिज्य संघ दलगत रुपमा चल्दैन् । हामी निर्वाचनताका दलगत आस्था राख्ने व्यवसायीहरु नेतृत्व आएपनि संघ भित्र प्रवेश गर्दा हामीले राजनीतिक आस्था बिर्सनुपर्छ । किनकी, संघ सामूहिक र संस्थागत गर्न राजनीति गन्ध सृजना गरिनु हुदैन् । म विश्वास दिलाउन चाहन्छु की भोलि हामी संघको नयाँ नेतृत्वमा आउदा हामीले बोलेका सवै विषयलाई हृदयगम गरि अघि बढ्ने पुनः विश्वास दिलाउन चाहन्छु ।

तपाईलाई कति मतले विजयी हुन्छु जस्तो लाग्छ ?

ठयाक्कै गणितीय हिसावले यति मतले जित्छु भन्ने त भविष्य गर्न सक्दिन । तर आजसम्म व्यवसायीका माझ पुग्दा निकै प्रतिष्पर्धा देखेको छु ।

हिजो २७२० सदस्य घटेर अहिले २४८८ मत संख्या पुगेको छ । मैले अनुमान गर्दा हाम्रो गठबन्धनका पक्षमा करिव १४ सय मत खस्ने छ । कुल मतदाता मध्ये करिव २२ सय मत खस्ने छ , त्यो मत मध्ये बहुमत मत हाम्रो गठबन्धनमा देखिन्छ । यसले हाम्रो दावा हो, अव संघमा साच्चै नयाँ नेतृत्व स्थापित हुने छ ।

–अन्त्यमा के भन्न चाहानुहुन्छ ?

सर्वप्रथम तपाईलगायत पत्रिका परिवारलाई मेरो विचार राख्ने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु । अनि पत्रिकामार्फत संघका तमाम व्यवसायीहरुलाई पनि आव्हान गर्न चाहन्छु की साता दिन पछि हुन लागेको संघको निर्वाचनमा सक्षम व्यवसायीलाई नेतृत्व गर्न अवसर दिनुहोस ।

किनकी, दमक उद्योग वाणिज्यलाई हामी गतिशील नेतृत्व दिन चाहेका छौ, त्यसैले पनि हाम्रा गठबन्धनका सवै उम्मेदवारहरुलाई तपाईहरुले चुनेर काम गर्न ठाँउ दिनुहोस । हामी काम गरेर देखाउने विश्वास दिलाउन चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *