भ्रामक समाचारले हामि बिचलित छैनौ – झापाली समाज युएई

मोफसल सम्बाददाता – झापाली समाज युएईले झापाली समाज युएई को नया सोच असाहय बालबालिकाहरुका लागि दश लाखको अक्षयकोष भन्ने स्लोगनमा आयोजित तिज बिशेष सांगीतिक कार्यक्रमको बारेमा आएको समाचारको पछि नलाग्न आग्रह गर्दै एक प्रेश बिज्ञप्ति सार्बजनिक गरेको छ |

नेपाली नारीहरुको महान चाड हरितालिका तिज बिशेष सांगीतिक कार्यक्रम २ सेप्टेम्बर २०१६ का दिन दुबईको काल्टन टावर होटेलमा आयोजना अत्यन्त सभ्य र भब्य तरिकाले सम्पन्न भएको छ बिज्ञप्तिमा उल्लेख गर्दै समाजका महासचिव टेकनाथ अधिकारीले निकालेको बिज्ञप्तिबाट नै सहयोगी मनलाई धन्यबाद दिएका छन | नेपाली राजदुताबास युएई, नेपाली सामाजिक तथा राजनैतिक संघ सस्थाहरु, ब्यबसायीहरु, पत्रकारहरू, बुद्धिजिबीहरू, कार्यक्रमका प्रायोजकहरु, कलाकारहरू एवं कार्यक्रममा उपस्थित सम्पूर्ण नेपाली तथा झापाली दाजुभाई तथा दिदिबहिनामा झापाली समाज युएई मार्फत धन्याबाद ज्ञापन गर्दछ गरेका छन |

बिज्ञप्तिमा अधिकारीले कार्यक्रम सफलता पुर्वक सम्पन्न भएपछी केहि व्यक्तिहरुले सामाजिक संजालमा उठाएका कुराहरूले जनमानसमा केहि भ्रम पैदा गरेको उल्लेख गर्दै यस प्रकारको प्रचारप्रसारले झापाली समाज युएईको मात्र नभएर सम्पूर्ण युएईमा रहेका नेपालीको बदनाम भएको उल्लेख गरेका छन | बिज्ञप्तिमा अधिकारीले काल्टन टावर देरा दुबई उक्त कार्यक्रम स्थल यस अघिपनि नेपालि संघ सस्थाहरुले विभिन्न कार्यक्रमहरु सफलता पुर्वक सम्पन्न गरिसकेका उल्लेख गर्दै सबै कार्यक्रमहरूमा होटेल ब्यबस्थापनले आयोजकलाई खाना तथा अन्य खाद्य तथा पेय पदार्थको वितरणमा रोक लगाउदै आएको र खानेकुरा तथा पेय पदार्थ कार्यक्रम सुरु भएको केहि समय पछी कार्यक्रम स्थलमा होटेल ब्यबस्थापनले उपलब्ध गराउदै आएको जानकारी गराएका छन |

झापाली समाज युएईको कार्यक्रम आयोजक समितिले कार्यक्रमको अघिल्लो दिन सम्म पनि होटेल ब्यबस्थापन संग खानेकुरा (तिजको दर) आफै उपलब्ध गराउने कुरामा निरन्तर प्रयास गरिरहयो तर ब्यबस्थापनले होटेल नियम अनुसार बाहिरको खानेकुरालाई अनुमति दिन नसक्ने र होटेलले आफै खानेकुरा तथा पेयपदार्थ कार्यक्रम स्थलमा सहुलियत दरमा आफै उपलब्ध गराउने अडान राखेको र होटलको प्रचलन नै रहेको जनाए पछि सोहि अनुरुप कार्यक्रम सुरुभएको केहि समय पछी होटेल ब्यबस्थापनले सधै झैँ एक सानो काउन्टर बनाई खानेकुरा तथा पेय पदार्थ बिक्रि वितरण सुरु गरेको कुरा साचो हो भएको बिज्ञप्तिमा अधिकारीले उल्लेख गरेका छन |
बिज्ञप्तिमा सामाजिक संजालमा आए झैँ समाजले नै बिक्रि वितरण गरेको भन्ने कुरामा कहिँ कतै कुनै सत्यता नभएको र उक्त कुरा झापाली समाज युएईलाई बदनाम गराउनका लागि मात्र गरिएको जिकिर गरेका छन | अधिकारीले आजसम्म अन्य संघ सस्थाहरुले त्यहि स्थानमा कार्यक्रमगरि निर्बाद रुपमा मदिराको बिक्रि वितरण गर्दा वाहि वाहि हुनु तर त्यहि प्रकृतिको कार्यक्रम झापाली समाजले आयोजना गर्दा बिकृति भनी अतिरन्जित तरिकाले अफवाह फैलाउनु न्यायोचित भएको बिज्ञप्तिमा उल्लेख गरेका छन । अधिकारीले बिज्ञप्ति बाट नै यस्ता अतिरन्जित कार्य गरेर झापाली समाज एबम युएईको सामाजिक सस्थाहरुलाई बद्नाम गर्ने निन्दनीय कार्यको कडा शब्दमा खण्डन गरेका छन ।

भ्रामक समाचारहरुले हामि कति पनि बिचलित नभई आफ्नो उदेश्य प्राप्तिमा सदैब अघि बढिनै रहनेछौ र तपाई सम्पूर्ण नेपाली तथा झापाली दाजु भाइ तथा दिदि बहिनीहरु, युएई . मा रहेका विभिन्न नेपाली सामाजिक तथा राजनैतिक संघ सस्थाहरु, ब्यबसायीहरु, पत्रकारहरू तथा बुद्धिजिबीहरू लाई यस्ता हल्लाको को पछी नलाग्न हार्दिक अनुरोध गर्दै झापाली समाज युएईको नया सोच असाहय बालबालिकाहरुका लागि दश लाखको अक्षयकोषको अभियानलाई सहयोग गर्न अपिल पनि गरेका छन |

बिज्ञप्ति जस्ताको तस्तै :झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *