तरुणदल काठमाडौं अध्यक्षमा रोशन श्रेष्ठको दाबेदारी

rosahnनेपाल तरुणदल काठमाडौं महानगरपालिकाको अध्यक्ष पदका लागि काठमाडौं महानगर वडा नं १ का रोशन श्रेष्ठले अध्यक्ष पदका लागि आफ्नो दाबेदारी घोषणा गरेका छन ।

लामो समय सम्म तरुणदलमा रहेर कार्य गरेका श्रेष्ठले अध्यक्ष आफनो उम्मेदवारी स्वभाविक बताएका छन । निष्ठावान नेताका रुपमा परिचित श्रेष्ठको मिलनशार स्वभाव राजनैतिक पहिचानका कारण उनि प्रति सबैले सहानुभुति प्रकट गर्ने गरेका छन । एक असल राजनैतिज्ञमा हुनुपर्ने सालिनता, कर्तव्य निष्ठ, र लगनशील व्यक्ति महानगरको अध्यक्ष पदमा आउन खोज्नु अत्यन्त सकारात्म रहेको भन्दै श्रेष्ठलाई नै सहयोग गर्ने प्रतिनिधीहरुले बताएका छन ।

विनासकारी भुकम्प,नाकाबन्दी दखी असाहय अनाथ व्यक्तिहरुको सेवामा समेत सर्मपित श्रेष्ठले आफ्नो व्यक्तिगत पहिचानलाई भन्दा पनि काँग्रेस र तरुणदलको पहिचानलाई बलियो बनाउन जुट्ने उदाहरण धेरै भएका कारण श्रेष्ठ नै महानगरको अध्यक्ष बन्ने प्रतिनिधीहरुले बताएका छन । अन्य कुनै राजनैतिक फोहोरी खेल नहुने हो भने श्रेष्ठ महानगरको अध्यक्ष हुने पक्का रहेको छ ।

काठमाडौं खबर 

Leave a Reply

Your email address will not be published. Required fields are marked *