अबुधाबीमा हुने नेपाली म्युजिक भिडियो अवार्ड २०१६ को तयारी पुरा

लक्ष्मण खनाल युएई,
युएईको अबुधाबीमा १६ अगस्त २०१६ मा पहिलो पटक हुन गइरहेको नेपाली म्युजिक अवार्ड २०१६ को तयारी पुरा भएको आयोजकले बताएका छन ।nor
युएईको लागि आयोजकहरु एकेन्द्र थापा, अशोक बानियाँ र महेश गिरीले कार्यक्रमको बारेमा जानकारी दिन २५ अगस्त २०१६ मा बरदुबईमा पत्रकार सम्मेलन गरेर सो कुरा जानकारी गराएका हुन ।
पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिदै आयोजक तथा नमस्ते ट्राभल्सका सञ्चालक एकेन्द्र थापाले कार्यक्रमको तयारीको लागि युएईमा हुनुपर्ने सम्पुर्ण व्यवस्थापन सकिएको जानकारी दिए । आवार्ड पाउने कलाकार छनौटको प्रक्रियाको सम्पुर्ण जिम्मेवारी मुल आयोजक संगिक्षा फिल्मसको रहेको जानकारी दिदै थापाले विभिन्न १८ विधाका कलाकारहरु छनौट गरेर अवार्ड दिइने बताए । साथै उनले नेपाली गित र संगितलाई  विश्वमा पहिचान गराउन सो कार्यक्रम युएईमा राखिएको पनि जानकारी दिए ।
आयोजक समितिका अर्का  सदस्य महेश गिरीले अयोजक, कलाकार, सञ्चारकर्मी सहितको ४५ जनाको टोली नेपाल बाट आउने बताउदै कार्यक्रममा अवार्ड वितरण मात्र नभएर वरिष्ट कलाकारहरुको विभिन्न साँस्कृतिक प्रस्तुतीहरु पनि रहने जानकारी दिए ।award
त्यसै गरी आयोजक समितिका अर्का सदस्य अशोक बानियाँले कार्यक्रमको लागि टिकटहरु बजारमा आएको बताउदै टिकटहरु ५०, १०० र २०० गरि ३ तहको रहेको जानकारी दिए । उनले सो कार्यक्रममा उपस्थित भएर नेपाली कला, गित र संगितको संरक्षण र सम्वद्धमा प्रोत्साहन गर्न सम्पुर्ण युएई वासी नेपालीहरुलाई अनुरोध पनि गरेका थिए ।
कार्यक्रमको आयोजकहरु नेपालको लागि संगिक्षा फिल्मस् र युएईको लागि नमस्ते ट्राभल्सको टिम र महेश गिरी रहेको पनि जानकारी दिइएको थियो भने युएईको लागि एअरलाइन्स पार्टनर एअर अरविया रहेको पनि जानकारी गराइएको थियो ।
तस्विरः  निर्भीक  नारायण

Leave a Reply

Your email address will not be published. Required fields are marked *