सगन वालि प्रणलिबाट धान रोपेको धान उत्कृष्ट

पथरी, भदौ ९ । मोरङमा सगन वालि प्रणलिबाट धान रोपेका किसानहरुको खेती फस्टाएको छ । श्री प्रविधी नाम दिइएको सो तरिकाबाट धान रोप्दा धानका बालाहरु समेत मज्जाले लाग्ने गरेको छ ।

जिल्ला कृषि कार्यालयले अनुदान समेत दिने र कम लगानीमा राम्रो आम्दानी दिने गरेको जनाएको छ । १४ देखी २० दिन सम्मको एउटा मात्रै बेर्ना रोप्दा बिउ पनि कम लाग्ने र लाईनमा रोपेकोले गोडमेल गर्न समेत सजिलो हुने कृषि कार्यालय मोरङका प्रबिधिक शाहयक शितल शाहाले बताउनुभयो । कृषि कार्यालय प्रति बिगाह ५ हजार रुपैया अनुदान दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *