कम्युनिस्टहरु लाई मेरो प्रस्न ? काम गरेर देखाउने हो कि सपना मात्र बाड्ने हो ?कम्युनिस्टहरु लाई मेरो प्रस्न ?

२००६सालमा स्थापना भएको कम्युनिस्ट पार्टी अहिले आहेर नेपालमा ७५ प्रतिसत  कम्युनिस्टहरु छन विभिन्न आन्दोलनले जन्माएका नेताहरुको संख्या पनि कम्ती छैनन कुर्सी भन्दा बिचारलाई महान ठान्दै आएका कम्युनिस्ट बिचारको नाममा विभिन्न समुहमा बिभाजन छन देख्दा रास्ट्रबादी देखिने तर भित्र रूपमा दलाल भ्रष्ट र नव संशोधनबादीको रूपमा पतन हुँदै गएका छन जनता माझ भासण गर्दा अहिलेनै सबै काम गरि हाल्छन जस्तो लाग्ने तर व्यबहारमा लागू नगर्ने परिपाटीको अन्त्य गर्न जरुरी छ । नेकपा एमालेको इतिहास हेर्ने हो भने जनताको बहुदलीय जनबादको नारा हेर्दा नराम्रो होइन तर नारा दिने तत्कालीन महासचिवको षड्यन्त्र पुर्ब हत्या गरियो र अहिले सम्म कम्युनिस्टमा सवै भन्दा धेरै पटक सरकारको नेतृत्व गर्ने सरकारम सहभागी हुने मौका पाएको कुरा आम नेपाली जनतामा जगजाहेर छ तर बिडमबना आफनै महासचिवको हत्यारा पत्ता नलागाउनु र हत्यारालाइ कार्बाही नगर्नु जस्तो लाचारीपन के हुनसक्छ ।जनताले अहिलेसम्म मदन भण्डारीको हत्यारा पत्ता नलाग्नु पार्टीलाई नै संखाको घेरामा हेर्ने गरेका छन । एमाले अहिलेसम्म मनमोहन सिंहले गरेका दुईवटा कामले अहिले सम्म सास फेरेको पाइन्छ बाहिर भन्दा बहुदलीय जनवाद भन्ने भित्र हेर्दा न भाले नपोथी न कुनै राजनीतिक उदेश्य छ न कुनै बिचार समाज परिवर्तन गर्ने त्यस्तो योजना छ मात्र दलाल ,भ्रष्ट एउटा कुर्सीको पछाडि दौडिरहेको देखिन्छ भर्खर प्रधानमन्त्री भएर राजीनामा दिएका केपीका कुरा हेर्न हो भने जनतालाई खोक्रो रास्ट्रवादको नारा दिएर विभिन्न सपना बाढने जनतालाइ उल्लू बनाउने र तत्काल असम्भव कुरा गरेरे सरकार टीकाउनको लागि मात्र नाटक रचेका थिए । तर असफल भए पछील्लो चरण माओबादी केद्र पनि एमालेको पछाडि पछाडि दौडिरहेको छ यो भनेको आखिरमा नव संशोधनवाद हुदै पतनको बाटोनै हो । म पनि एउटा कम्युनिस्ट पार्टीमा हुर्केको हुनाको नाताले कम्युनिस्टहरुलाइ चिल्ला सपना होइन काम गरेर देखाउ ।
आज साच्चिकै देशको अवस्था हेर्ने हो भने जनताको घरमा खाने गास बस्ने बाँस छैन विरामी हुदा उपचार गर्ने स्वास्थ्य चौकी छैन स्वास्थ्य चौकी भएको ठाँउमा पनि डाक्टर छैन डाक्टर छ औसधि छैन ,पढ्ने विद्यालय छैन,शिक्षक छैन, किताब छैन बस्ने बेन्च छैन ,घरमा दिशा गर्ने शौचालय छैन खाने पानी छैन रोजगार छैन दैनीक देशविकास का पहरेदार युवा शक्ति हजारौं संख्यामा विदेशीन बाध्य छन ,गाउँ बस्ने जनतालाई सुरक्षा छैन हत्या हिंसा चोरी बलात्कार जस्ता जन्यघन्य अपराध दैनिक घटेका छन । सरकारि कार्यालयमा घुस विना जनता काम गर्न गार्‍हो छ कालोबजारी महङ्गिले गर्दा जनता मारमा छन सवारी साधन दैनिक दुर्घटना भएका भैइ छन दैनिक सयौं जनाले ज्यान गुमाउन परेको छ जलस्रोतको दोस्रो धनी देशमा 24 घन्टा लाेडसेडिङमा बस्नु परेको देशको राष्ट्रिय पुजि दलालहरुको कब्जामा परेको छ राज्यको आर्थिक नीति आयत मुखी भन्दा नियात मुखी छ विदेशी हस्तक्षेप राजनीतिक ,सामाजिक ,शैक्षिक ,आर्थिक,सांसकृतिक रुपमा तीब्र हुदै गएको छ गण्डकी ,कर्णाली ,उपरकर्णाली लगाएत नेपालको सस्तो पारियोजाना भारतको एकाधिकार कब्जामा छ बिगतका सरकारले गरेका 1950 रास्ट्रघाती समझौताले महाकाली ,कोशी जस्ता क्षेत्रमा नेपाली जनताले बर्सेनि करोडौं धनजनको क्षेती बेहोर्नु परेको छ । के कम्युनिस्टहरुले गर्न खोजेको विकास यहि हो शान्ति , परिवर्तन ,समावेशी ,लोकतन्त्र ,गणतन्त्र यहि हो । के यसैको लागि दस बर्ष जनयुद्धमा र 062/063 को जनआन्दोलनमा 17 हजारौं वीरहरुले रगत बगाएका हुन त यो अवश्य होइन होला । तर आज आम नेपाली उत्पीडित जनताका जनजिविका साधारण समस्या पूरा गर्नुको साटो घर घरमा ग्यास पाइप घर घरमा रेल पानी जाहाज हावा बाट बिजुली उत्पादन गर्छु भनी जनतालाई भ्रम पार्न कतिको उपयुक्त होला त्यसैले मेरो सम्पूर्ण जनसमुदाय रास्ट्रबादी देश भक्त परिवर्तनकारी ,क्रान्तिकारी शक्ति एक जुट भएर फोहोरी र असफल रास्ट्रघाती संसदिय ब्यस्थाको अन्त्य गर्न एकीकृत जनक्रातिको मार्फत नयाँ जनवादी व्यवस्था ल्याउन अघि बढौ । जहाँ किसान,मजदुर ,दलित जनजाति ,महिला युवाहरुले समान अधिकार पाउने छन जहाँ नेपालको सगरमाथामा रास्ट्रीयताको झणडा फराउने छ ।

सर्ब राज क्षेत्री

कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *