युएईमा जि के एस टायर कम्पनीको उद्घाटन सम्पन्न

लक्ष्मण खनाल  युएई
नेपाली युवाहरु शंकर प्रसाद न्यौपाने र गणेश पाण्डेको संयुक्त लगानीमा युएईको दुबई स्थित अलकुज औधोगिक क्षेत्रमा खोलिएको जि के एस टायर फिक्सिङ एण्ड  विह्लि अलाइमेन्ट सर्भिसेज एलएलसीको १२ अगस्त २०१६ मा उद्घाटन भएको छ ।Gks
युएईमा रहेका विभिन्न व्यवसायीहरु, सामाजिक संघ संस्थाका प्रतिनीधिहरु, पत्रकारहरुको उपस्थितीमा प्रिन्सेस कोइराला , नेपाली विजनेस काउन्सील युएईका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा र नेत्र शर्माले संयुक्त रुपमा रिवन काटेर सो कम्पनी उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रम सञ्चालन गर्दै लुम्बिनी वेलफेयर सोसाइटिका अध्यक्ष गितामणी पाण्डेले सफलताको शुभकामना दिएका थिए ।
नेपालीको लगानीमा खोलिएको उक्त कम्पनीमा नयाँ पुराना गाडी सम्बन्धि सम्पुर्ण कार्यहरु हुने र नेपाली ग्रहकहरुलाई विशेष छुटमा सेवा दिइने संचालक शंकर न्यौपानेले बताए । न्यौपाने विगत ११ बर्ष देखी युएईमा कार्यरत थिए । उनी सामाजिक क्रियाकलापमा पनि संलग्न रहेका छन । उनी स्यांजा सहयोग समाज युएईका प्रवक्ता तथा श्रीकृष्ण गण्डकी सहयोग समाजका अध्यक्ष रहेका छन  भने गणेश पाण्डे व्यवसायको उद्देश्य लिएर भर्खरै युएई आएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *