कन्काईमा पुरुषकाे शव फेला

दुधे, साउन १० । झापाको शिवसताक्षी ३ टोपलाल बस्तीस्थित कनकाई नदीमा एक व्यक्ति मृत फेला परेका छन् ।

मंगोलियन अनुहारका धर्के सर्ट र निलो जिन्स पेन्ट लगाएका अन्दाजी ४०–४५ वर्षका पुरुष कनकाई नदीमा फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले बताएको छ । शव पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल चन्द्रगढी पठाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *