युएईमा गीतिसंग्रह “ऐना” को बिमोचन हुने

उत्तम बिक युएई ९ जुलाई, आगामी १५ जुलाई २०१६ का दिन युएईको बरदुबई स्थिति एभरेस्ट इन्टरनेसनल होटलमा  सांगीतिक क्षेत्रमा उदाउदै गरेका नयाँ हस्ती गाम बहादुर बिकको प्रथम आधुनिक गीतिसंग्रह “ऐना” को बिश्वकर्मा समाज नेपाल युएईको प्रथम बार्षिकोत्सवको दिन बिमोचन हुने भएको छ ।13588709_1045067635583992_1405824029_o

बिश्वकर्मा समाज नेपाल युएईका सहसचिब समेत रहेका बाग्लुंग जिल्लामा जन्मिएर हुर्किएका बिक सन् २००८ मा बैदेशिक रोजगारीको शिलशिलामा युएईमा आईपुएका थिए । सानै देखि गीता संगीतलाई माया गर्ने बिकले परदेशको आफ्नो जागिरबाट बचेको समयलाई सदुपयोग गरि बाल्यकालमा आफुले भोगेको जातीय छुवाछुत जस्ता कु-प्रथालाई शब्द संगीतमा उतारेर यस एल्बमलाई तयार पारेका छन्  ।

कोही माया बाट पीड़ित, कोही कसैको मायाको खोजीमा, कोही जातीय भेदभावको शिकार भएको छन त्यहि सत्यताको आधार हो ऐना सन्ध्या म्युजिकको प्रस्तुति रहेको यस गीतिसंग्रहमा गायक शिब परियार, पुस्कर सुनार, मनोज राज सिवाकोटी र गायिका रिता सुनारले स्वर भरेका छन् भने यस गीतिसंग्रहमा ए हावा मलाई नछोएर चल, धन्याबाद माया गर्नेलाई, भन्न सकिन तिमीलाई माया गर्छु भनेर, निराश जीवनको जिउने आशा भैदिए जस्ता बोलाका ५ वटा गित रहेका  छन ।

धेरै म्युजिक भिडियोहरुमा छयांकन गरेका बिकले केहि गीतहरुमा संगीत भर्नुका साथै संजय घिमिरेको म्युजिक भिडियोको सम्पादन समेत गरेका छन । आफ्नै शब्द संगीत रहेको “ऐना” विमोचनको लागि अन्तिम तयारीमा  रहेको र यस गीतिसंग्रहको म्यजिक भिडियो पनि तयार भैसकेको जसमा कुलेंद्र बिश्वकर्मा र केकी अधिकारीको अभिनय रहेको छ भने निर्देशन खेम बिकले गरेका छन् । खेम बिक, पुस्कर सुनार, बिश्वकर्मा समाज नेपाल,युएईको बिशेष सहयोग रहेको यस गीतिसंग्रह निर्माणको लागि आमा-बुबा, सासु-ससुरा र प्रिया रीतु सुनारको प्रेरणा रहेको र आफ्नो गीतिसंग्रह छिटै बजारमा दर्शक सामु  आउने पनि गाम बहादुर बिकले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *