उर्लावारीमा भएका छुट्टा छ्ट्टै दुर्घटनामा २ जनाको मृत्यु

उर्लाबारी असार २१ – पूर्वपश्चिम राजमार्ग अन्र्तगत मोरङको उर्लाबारीमा भएको दर्घटनामा एक जनाकाृ मृत्यु भएको छ । मंगलवार दिउँसो उर्लाबारी —१ ओम सत्य साई प्रट्रोलपम्प अगाडी मोटरसाईकलले स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार मोरङको पथरी—२ की कबिता धिमालको मृत्यु भएको छ ।

उनीसँगै स्कुटीमा सवार छोरी अनिशा धिमाल घाईते  भएकी छिन्। उनको स्थानीय अरनिको अस्पतालमा उपचार भईरहेको छ । बा ७४ प ३९३४ नम्बरको मोटरसाईकलले मे ४ प ४७४३ नम्बरको स्कुटीलाई पछाडीबाट ठक्कर दिदाँ दुर्घटना भएको थियो ।

मोटरसाईकलमा सवार बिर्तामोड—९ का अरुण खड्का पनि घाईते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिए । यसैगरी सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी–१ वक्राह पुल नजिकै भ्यानले मोटरसाइकललाई ठक्करदिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ च ३१२७ नम्बरको पिकअप भ्यानले विपरित दिशाबाट आइरहेको को १० प २०८४ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा मोटरसाइकलमा सवार मोरङ, सिजुवा–५ का ३५ बर्षिय टिकाराम राईको मृत्यु भएको हो ।

भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । भ्यान चालक इलाम, सलगुम–३ का २२ बर्षिय मिलन भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *