उनि मरेको पल -कथा

लेखक :- बिक्रम फागो वनेम

हजारौं फुलहरु माझ,उनलाई लाई मन पराएँको थिएँ र टिप्न चाहे, तर……..तर……..!उनी त,बिझाउने फुल रहेछिन् ।जस्लाइ चुम्न चाहे,शीरभरी उन्न र गलाभरी पहिरन चाहेको थिएँ। रसाएको आखाबाट,गला अबरुद्ध भएको निरिहय आवाजमा,सहन गर्न नसक्ने अथाह पीडाहरु दबाएर,`मिम्जी´संग यति कुरा राख्ने साहस बटुले। उनको शीरनत थियो,आँखा रसाएका थिए।स्तब्ध औं मौनतामा मेरो कहरहरुको कथा,चुपचाप सुनी रहेकी थिइन् ।
हजारौं फुलहरु तिमीले,बगैचामा अनि घरहरुको दलान भित्र फुल्ने गमलाहरुमा खोज्यौ…? रोज्यौ…..? अन्त:तिमीले कहिल्यै फुलहरु जंगलमा, भीर पहराहरुमा र फोहोर भएको पानीको हिलोहरुमा पनि फुल्छन् भन्ने कहिल्यै सोच्यौ,र हेक्का राख्यौ..? कहिले खोज्ने र हेर्ने प्रयास गरयौ…? एकै निमेषमा,मौन बसेकी मिम्जीले रुग्ण श्वारमा मेरो घाँटी अप्ठ्याइ दिई। उनले आफ्नो कालजयी मार्गदर्शनको निबेदन पेषले,म उत्तिखरै पश्चाताप र आत्मग्लानीको क्षोबले त्यसै-त्यसै स्खलित बनी सकेको थिएँ ।
मेरा आखाहरु रसाए।उनको हात समाएर,भारी क्षमा याचना मागौ Plz…भनौं जस्तो  लाग्यो,तर त्यही हात हो,जुन हात दिदा,मैले पटक-पटक दुत्त्कारेर उपेक्षा गरेको थिएँ।त्यो पलहरु सम्झेर, किन-किन उनको हात समाएर, स्पर्श गर्ने साहस बटुल्न सकिन।उनले पुलुक्क हेरिन् ,मेरा आशुहरु आखाको पल्लो कुनोहरुबाट,अबिरल बगी रहेथ्यो।शनै:शनै: शिरानी भिज्दै थियो।उनले नि,मेरा आशुहरु पुछी दिन, हातहरु अघि बढाइन् ,अफसोच:टक्क हात अडियो।सायद उहीँ दिनहरुको पलहरु,उनको नि मानसपटलमा आलो भएर उभियो क्यार…?
म ओछ्यान बाट उठ्न चाहे,तर आफै उठ्ने सामर्थ्य ममा,एक रत्तिभर थिएन।उनले आफ्नो अंगालोमा बेरेर उठाइन् ।जुन अंगालोमा मैले कहिल्यै बेरिन चाहिन। आज बेरिए,अथाह एहेशास गरे कि,जुन अंगालोले,मेरो सर्बश्व हरण भएको,मृत्युशैयामा बाच्न विबश जीवनले,कम्तिमा राहत पाएको थियो। प्रेमको सामीप्यता पहिलो पटक नजिकैबाट चिहाउने अवसर प्राप्त गरे।जुन मैले मन पराएको मान्छेबाट यस्तो हार्दिक प्रेमिल स्नेहता,कहिल्यै पाँउन सकिरहेको थिइन छु।उनले बिस्तारै उठाइन् र व्हेल चियरमा राखीन् ।अस्पतालको शयन कक्ष बाट बाहिर ल्याइन् ।उनको यो आशिम स्नेह औं प्रेम अनुरागले,म भने प्रायश्चितको तापले,भित्र भित्रै जल्दै जाँदै थिएँ।मेरो देब्रे कान सम्मुख एक थोपा तातो पानीले स्पर्श गर्यो।छामी हेरे,जुन त्यो उनको आँसु रहेछ।उनलाई पुलुक्क हेरे,आखाहरु निथ्रुकै भिजेर,वर्षा भइरहेको देखे।म नि थाहै नपाइकन बेस्क नै,भक्कानिएछु। उनले पुनः च्याप्पै अंगालो हालेर सहानुभूति प्रकट गर्दै भनिन् ,अब:चिन्ता लिनु पर्दैन, समयले निर्माण गरेको घाउ,चोटहरु,समयले नै बिनिर्माणको रूपमा पुर्दै जानेछन् ।
हामी अस्पताल बाहिरको प्यासेजमा कफी पिउदै केही क्षण टोलायौ।म उनको साथै वही, व्हेल चियरमा थिएँ।उनले मुख खोलीन् ,`यस्तो बेला, तिम्रो आफ्नो मान्छे खोइ त…?´एकलब्यको बाण नै लागे जस्तो भयो मलाई। निरिहय थिएँ,नाजवाफ भएँ। हुन त,यस्तो बेला,यस्तो कुरा नराख्नु पर्थियो है…? Sorry.अबोध बालक झै,चुपचाप सुनी रहे। किनकी अब:सुन्ने पालो मेरो थियो र,भन्ने पालो उनको थियो। मिम्जी,आज मात्र थाहा पाएँ कि,फुलहरुको धारले पनि रेट्दो रहेछ,काट्दो रहेछ है…?उनी सामु,घाउको पोको उधारेर देखाउने हिम्मत गरि टोपले। फुलहरुको सौर्न्दर्यमा,रेटिनु र बिझाउनुमा फरक छ,उनले सुकसुकाउदै भनिन् ।पुरुषहरू प्राय,गुलाब नै रोज्छन् ,मन नि असाध्यै पराउछन्।तर त्यो गुलाबी शरिरमा काढाहरु नि हुन्छन् भन्ने हेक्का नहोला सायद..? उनले फेरि थपीन् ।म यतिखेर सम्ममा उनको यो दिग्दर्शनले नतमस्तकऔं कायल भइ सकेको थिएँ। तिनलाई ग्रहण गर्न र टिप्ने वा लुछ्ने तरिका जान्दैनौ त, जुनसुकै फुलहरुले नि,बिझाउछन् ,र रेटछन् पनि।उनको एकलब्य बाण झै,गुलाबी शब्दभावहरु,मेरो तनमा,मनहरुमा झीर बनेर,उनिन्दै थिए र खिल बन्दै जाँदै थिए।म नि:शब्द रहे।सुन्दा उनको आवाजहरु, बिझाउने काढाहरु जस्तो लागे नि,ती मेरा लागि भने, किन-किन,नबिझाउने लालगेडी जस्तै शब्दहरु थिए।
तिमीले कहिल्यै हिलोको अस्थित्वमा अङ्कुरण हुने,`कमलफुल´लाई,हेर्ने वा बुझ्ने प्रयास गर्यौ…? त्यसलाई स्पर्श गर्ने र चुम्नेको त क्याबात रहयो र..? जस्लाइ तिमी कि,यतिबिघ्न घृणा गर्छौ।हिलो मै फुल्ने उसको जात भइकन पनि,उ विशुद्ध पवित्रताको प्रतीक हो भन्ने कहिल्यै बुझ्न चाहेनौ..? मिम्जी बेला- बेला हिक्क-हिक्क गर्दै धारा प्रवाह बोली रहेकी थिइन्। मलाई थाह थियो कि,हिलो र धुलोहरुमा फुल्ने फुलहरुको कुनै त्यसको अस्थित्व र सौर्न्दर्यताबोध हुदैन भन्ने तिमीमा गहिरो छाप लुकेको थियो। जुन त्यो तिम्रो सभ्रान्त पारिवारिक पाठशालाले शिक्षा दिएको थियो। तर….म,तिम्रो लागि सधैं `कमलफुल´बन्न चाहे। गुलाबी बन्ने त,म मा रत्तिभर हैसियत नै,कहाँ थियो र..?काश:हिलो टेकेर त्यो फुलमा श्रदा चढाउनुमा भन्दा तिमीले,खाली घृणामा आफुलाइ महानता र कुलीन घरानाको ठान्यौ र आडम्बरी गन्ध चुहायौ…?उनको यो भावपुर्ण शब्दबाणले,म निर्लज्ज बनेर सुनी रहे। आखाहरुमा पानी टिलपिल भरिन्दै थिए।उनले पुनः वदा दिइन्।अब:के त,कमलफुल नै हुन र बन्न नसके नि,कम्तिमा `बुकीफुल´त बन्न सकौला नि है ?जहाँ तिम्रो हर आस्थाहरुमा,फुल्न सकौ।यति भनि सक्दा मेरा हातहरु उनी सामु क्षमा याचनाको लागि,जोडी सकेको थिएँ।
Plz…I am Soo Sorry. Really  Plz…..Mimjee…..!!! म कुनै घाइते प्राणी झै, इन्तु न चिन्तु बनेथे।उनको आत्मा सम्मानमा आघात पुर्याएकोमा र उनलाई नजिक बाट चिन्न नसक्दा आज,ज्यादै पिडाबोधले थलिएकोछु। उनको हार्दिक स्नेहताले,एउटा लाचार कसुरदारी अपराधी जस्तै बन्दै गएको आभाष हुन्थियो।कम्तिमा उनी सामु,हात जोडेर Plz.Sorry.माग्ने साहस बटुले। मिम्जी,मलाई माफ गर,तिमी मलाई यसरी भेट्न र हेर्न आउछौ होला भन्ने,कल्पना सम्म गरेको थिइन।किन तिमी Accident मा पर्दा,मिम्जीले हर्ष बढाइको भोज खान्छे जस्तो लागेको थियो..?मैले शीर झुकाएँ ।जब तिमी Bike Accident मा परेको खबर पाँए,सार्है बिक्षिप्त भएकी थिएँ।रातभर रोइ रहे,छटपटाएरै रातहरु बिते।मनभरी अनेकन कुराहरु खेली रहयो।तिमीले घृणा गरेको मान्छे,तिम्रो यो दु:खद घट्नामा सहानुभूतिको लेप लगाउन आउदा, उम….!कतै पुनः उल्टै त्यो घाउ पो बल्झन्छ कि भन्ने नि लागेथ्यो..? एक तमासले मनले के-के-के- सोची रहयो।न म तिम्रो कोही थिएँ,न नाता,न सम्बन्ध ?र पनि खोइ,यो मनले तिमीलाई खोजी रहयो। तिम्रो आहतमा,मेरो शरीरमा तकलिफ भइ रहेथ्यो।तिम्रो सफलता र सिघ्र स्वास्थ लाभहरुको देवताहरु संग, आराधानाको पुकार गर्दै, कामनामा रोइ रहे।उनले यति भन्दै गर्दा,म भने निथ्रुकै भिझी सकेको थिएँ। र्‍याल सिङ्गान संगै,सुक-सुक गरि रहेथे। खैर:तिमीले नफरत गरेकी यो केटी,एकदमै कठोर बनेर भेट्न आएकी हु। घृणा औं उपेक्षा त,तिमीले म संग गर्यौ..? तर बदलामा मैले तिमीलाई कहिल्यै घृणा गरिन र जानिन पनि सायद।घृणा नै गर्छौ र नि,भेट्न आएँ। तिम्रो हुन चाहे,या चाहिन त्यो पवित्र आत्मालाइ कुनै दिन सोधौला,केही छैन।तथापी आफ्नो मान्छे बनाउन चाहन्थे तर..यसको मतलव यो थिएन कि,तिमी मेरो आजीवन लोग्ने मान्छे बन्नु पर्छ….?नभए प्रेमी बन्नु पर्छ…..?भन्ने एक रत्तिभर मनमा त्यस्तो जन्मेन। तर…. तर…….! यति भनी नसक्दै, उनी बहकिएर रुन थालीन् ।पुन:हिकहिकाउदै भनीन् ,तर म तिम्रो एउटा राम्रो साथी बन्न चाहन्थे। तिम्रो आफ्नो मान्छे(Girl Friend)का कारण,तिमीले आफ्नो दिलमा मलाई साथीको जगा सम्म दिन उचित ठानेनौ।आखिर किन….किन…??? म नाजावाफ थिएँ कि,उनलाई प्रतीउत्तर दिने कुनै शब्दहरु थिएन।निस्प्राण मुर्दा झै सुनीरहे……सुनीरहे……..!!! मन जली रहयो।मन रोइ रहयो। मिम्जीको स्नेहीमयी आर्थनाथको साथी मात्र बन्न खोजेको उनको याचनाले,मेरो दिग्भ्रमित आडम्बरीको पर्खालहरु भत्किन्दै जाँदै थियो।मैले टेकेको धरातल, काप्दै थियो। पुनः उहीँ गुलाबी धारले मेरो गर्धन रेट्दै थियो।तर म आफुले,हिलोमा फुलेको` कमलफुल´लाई, कहिल्यै मन पराइन।कहिल्यै चिन्ने,बुझ्ने र उसको सौर्न्दर्यबोधलाई समीपमा राख्ने प्रयत्न गरिन।खाली हिलो र धुलोको अस्थित्वलाइ,केवल घृणा मात्र गरि रहे।मेरो यही ठुलो गल्ती र अपराध थियो।जस्को आज म,कसुरदारी अपराधी भएँ झै,उनको पवित्र दिलको कठघरामा उभिएर,सफाइ पेश गर्न उत्तिकै विबश भएको छु।आज मेरो साथमा तिनी नभएर,मिम्जी भइ दिएको भए,यो दुर्गतीको परिणाम मेरो यो जीवनमा एउटा विराट चित्र बनेर आउदैन थियो सायद।तिनको जाली प्रेममा जेलिन्दा,यता विशुद्ध प्रेम गर्ने साथी गुमाएँ।जीन्दगी अब:अस्पतालको भेन्टिलेटरमा कृतिम हावा खादै,मुर्दाघाटको `कोमा´मा जीउदोलाश जस्तै, बाची रहने भो।मनोभावमा एकोहोरिन्दै गएछु। मिम्जी तिर फर्की हेरे। उनी त,अश्रुधाराहरु सहित,हातको इशाराले बाइ-बाइ गर्दै,पर-लोकतिर अदृश्य रूपमा अल्पिन्दै थिइन् ।उनी मेरो आखाको निशानी बाट शनै: शनै:बिलिन हुँदै,धुलमिल-धुलमिल देखिन्दै हराउँदै थिइन् ।म एक्कासी अत्तालिएर कराएछु,चिच्याउन पुगेछु।आफू उनी टाढिन्दै गएको त्यो दृश्यले,उनलाई पछ्याउन व्हेल चियर गुडाउन खोज्दै थिएँ। मिम्जी अलापिन्दै गएको हेर्दै,कराउँदै,उनको नाम डाक गर्दै,के गुड्काएथे। व्हेल चियर संगै, डम्पिङ साइड्मा गर्ल्याम गुर्लुम्म पस्न पुगे।स्या…स्या.. फ्या.. …फ्या…गर्दै,बेस्कनै खुब कराएर उठ्ने प्रयास गरे।जब:जुरुक्कै उठे,स्वाशको गति तिब्र रूपमा धड्की रहेथ्यो।पानी पानी भएको थिएँ।हात खुट्टाहरु केही चल्न सकेका थिएनन्। शरिरको कुनै भाग नि चल्न सक्ने अवस्थाहरुमा थिएनन् ।जब आखाहरु खोले,निष्पट एउटा अँध्यारो कोठा मात्र थियो र म त्यहाँ भित्र थिएँ।जो कहालीलाग्दो विराट सन्नाटा थियो त्यो। बिस्तारै मेरो होस,चेत आउँदा पो,थाहा भो कि,म अस्पतालको शयन कक्षको( ICU.) `कोमा´मा,अन्तिम श्वास फेरि रहेको रहेछु।कोमामा राखिएको मुर्दा जस्तो शरीर,एक्कासी जुरुक्क उठेको देखेसी,अस्पतालका नर्स स्टाफ र डाक्टरहरु तीन छक्क परेर एकोहोरिएका थिए। अन्त:उनीहरु आएर मलाई सम्हालेका थिए।
पुर्ण चेतमा आइसक्दा,मान्छेहरुको भीडहरु जम्मा भइ सकेका थिए।त्यो भीड्मामा मेरा आखाहरुले,उनलाई यत्र-तत्र खोजी रहयो।कहिँ कतै देखिन,निकै छ्टपट्टीएँ ।मैले मेरो आफन्त परिवार, साथीभाइ,शुभेच्छुकहरु सबै देखे, तर उनलाई देखिन। मैले उनी खोइ….?भनेर कहालिएर सोधेँ ।सबै नाजावाफ मौन अनि स्तब्ध थिए।मैले फेरि चिच्याए, होइन खोइ,मिम्जी…….???मिम्जी खोइ….???
अहिले सम्म उनी,म संगै यतै-कतै थिइन् ।उनले हो मलाई बचाएको,नयाँ जीवन दिएको…..! अन्त:उनी खोइ त, …??? परिवार आफन्तजन सबैको आखाहरु रसाएका थिए।सबै किङ्कर्तब्य बिमुढमा देखिन्थे। संगै रहेको साथीले खुसुक्कै भन्यो,एक्सिडेन्ट्मा,तिम्रो Death भएको खबर सुनेसी,मि……… मि……… मि……..म्जी ……त,…..गइन् ! कहाँ……………??? तिमीलाई भेट्न !!!
चकमन्न अँध्यारो भएर आयो। पुनः `कोमा´कक्ष, मुर्दाघाटमा बदलिन्दै गएको देख्दै थिएँ।उनी अदृश्य हुँदै गएको बाटो माथी हेरे। मिम्जी रुग्ण अनि मन्द मुस्कानमा,मेरो आउने बाटो हेरेर इन्तजारमा पर्खी रहेको देखि रहे।एक तमासले माथी हेरी रहे,र मिम्जीको हातहरु,पुन:स्नेहीताको स्पर्श गर्न मेरो हातहरु, उनलाई भेट्न आतुर-आतुर लम्की रहेको थियो।

(लेखक सगरमाथा नाट्य परिवार मोरंग पथरीका  सस्थापक अध्यक्ष हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *