गजल

छुच्ची मोरी कालि ले , दाइकी कान्छी सालि ले
दिल चोरेर भागी हजुर , नखरमाउलि ले ।

कालि कालि दिलवाली , सोह्र सत्रे बैंसाली
मृग तृष्णा देखें हजुर , बैंश डाली ले ।
दिल चोरेर भागी हजुर , नखरमाउलि ले ।

झिमझिम झिमझिम परेलि , आँखाको त्यो तरेलि
गरी लजाउँदै चुम्मा हजुर , ओठ लाली ले ।
दिल चोरेर भागी हजुर , नखरमाउलि ले । ।

माया गर्छु तिम्लाई भन्थी , लेर आउ है जन्ती
बेहोसिमै लुटि हजुर , दिलकि जाली ले ।
दिल चोरेर भागी हजुर , नखरमाउलि ले ।

आँखै साम्ने चडि डोलि , भरि बर्ष दिनमै झोलि
बगैँचा झैं गोड्यो हजुर , उस्कै मालि ले । ।
दिल चोरेर भागि हजुर , नखरमाउलि ले ।
✿✿✿✿दाइकी कान्छि सालि ले✿✿✿✿

– तिर्थ आचार्य, हाल दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *