रसिदिया हस्पिटलमा छटपटी रहेको निर्मललाई भेट्दा

10454528_786391824725610_428468169343350656_nकुशल बुच  युएई – वालुवामा सपनाको खेती गर्न आफ्नो नेपाल आमालाई छोडेर टुहुरो जस्तै जिन्दगी विताउदै घरपरीवरवाट टाढा सात समुन्द्र पारी आउने हामी सवै प्रदेशीहरुको कत्तीको सपना नटुसाउदै मर्छ त कत्तीको टुसाउदा टुसाउदै सुकेर जान्छ । पस्केको खाने हातहरु दिनभरीको कामले र साझको पापी पेटलाई चाहिने आहारामा शिकार गर्दा पोल्छ ।

भिडभाडको निन्द्रा मिठो सपनीमै छोडेर फेरी उही दिनचर्या शुरु गर्नु पर्छ ।परिवार वाट टाढा सवै पराई देशका मान्छेहरु नै अंगाल्दै एक अर्काको आमा वाबु बन्नु पर्छ । तर पनी मन मिल्न कत्ती नै वेर लाग्छ र जव एउटा वाख्राको पठ्यग्रालाइ पनी मुनी मुनी भनी वोलाउदा त लुटुपुटु गर्छ उफ्रिन्छ भने हामी त मायाको भोको प्राणी कोइ मिसिक्क हासी दिदा पनी मन फुरुङ्ग हुन्छ। केही दिन पहीले त्यसरी नै एक जना भेटे मान्छे अल्ली बट्टाई भए पनी उसको हासो ठट्टा आनी वानी सगरमाथाको चुच्चो सरी मनको आकाश छुने थियो ।एक्कै दिनमा हामी वर्षौ देखीको नाता सरी नजीक भयौ र वर्षौको लागी रमाउने वाचा गर्दै फेरी भेट्ने भनी विदाईको हात हल्लायौ । प्रदेशको डुवुल्की त हो अरुको खुसीको जालमा आफु फसेरै भए पनी थाहै नपाइ आफ्नो चाहनाहरुको शिकार गरीसकेको हुन्छौ । त्यसैले नभेटेको पनी आज तिन महिना वितिसकेछ। हालचाल ऊ भएको ठाउको ठेगाना मै भेट्न भनेर पुगे किन हो किन आज मन सार्है नीरासिन वाध्य भएको थियो ।13393406_1171335702897885_2125086135_n

मनमा सधै भेट्ने चाहना हुदा हुदै नी नपाएको कल्पनामा भेटेर अंगालो मार्दै थप थपायेर ठट्टा गरेको दुनियामा रमाउथे नजिक पुगे उसको निर्मल भन्ने साथी आज शान्त र केही दुषीत देखिन्थेयो भने म कुशल आज सकुशल रहन सकीन किनकी म भेट्न गएको ठाउँ दुवै शहरको ठुलो राशीद होस्पिटलको काखमा थियो । उस्तै फेरी हसाउछ कि भन्ने मुहार तर उसका ती मिलाउने हात र अंगालोमा धेरै तार र पट्टीवाट उन्मुक्त हुन सकेका थिएनन् ।मस्त निन्द्रामा देखे अनि नजिकै गएर वसे एक्कासी उ जाग्यो म झसंग भए एकछिनमै उसको मुहारमा चम्किलो र जानी नजानी हासेको वादल पछाडी लुकेको सुर्य चम्किने प्रयास गरेको जस्तो लाग्यो अनी मेरो आगमनको खुसिमा हात खुट्टा चलाउन खोज्यो तर छट्पटाहट मै अन्त्य भयो सवै चाहनाहरु सायद उसको पनी मन थियो होला मैले जस्तै कल्पना गरेको सपना पुरा गर्ने तर मधुरो मलीन मुहार संगै समाप्त भयो । म नी कठोर मुटु संगै कुरा गरे आशुहरुलाइ गला भन्दा माथीको सिमाना पार गर्न दिएन । विस्तारै हात छोपे अनी साहारा र प्राथनाको आस्वासन दिए तर न उ बोल्न सक्थ्यो न त चल्न नै केवल वोलिरहेको थियो त उसको मन र चलिरहेको थियो त धड्कन । सर्लाही वासी निर्मल लामा धेरै सपना र खुसी को पोको संगाल्ने संकल्प वोकी ४ वर्ष पहिला दुवई छिरेका थिए ।

नृत्यको कलाले उनी योर्क इन्टरनेसनल होटेल वर दुवईमा आफ्नो मेहनत वेचिरहेका थिए ।उनी त्यही नृत्य अभ्यास गर्ने क्रममा दुर्घटनामा परी उनको गर्दन भाचिएको थियो ।आइ.सी.यु. मा करीव १ महिना राखी वाहीर वार्डमा राखेको पनी आज १५ दिन भैसक्यो ।कम्पनीले सवै खर्च बेहोर्न नसक्ने र एकदमै महँगो गर्दनको अपरेसन गर्नु परेको कारणले भनेको वेलामा स्वास्थ्यमा सुधार आउन सकेको छैन।उनको गर्दन ओपरेसन गरीएको छ,घाटीमा ट्युव लगाइएको छ र वोल्न नी सक्दैनन् भने हात अलि अलि चल्छ तर कम्मर देखी केही चल्दैन तर पनी त्यो अवस्था सम्म उनका दाजु कोमल लामा नेपालवाटै आई र साथीभाइ हरु प्रदीप ,वासिम ,भगत र चक्रले केही सहयोग गरी स्वास्थ्यमा अलिकति सुधार लिए पनी घाटीको ट्युव छिट्टो निकालेर नेपाल मै लागी उपचारको लागी लैजान सकेका छैनन् ।

हस्पिटल कै खाना र त्यस पछी भनेको वेलामा समयमै पनी दिशा पिसाव को लागी गाह्रो छ। ट्युवले गर्दा राम्रो संग स्वास फेर्न पनी खकार जमेर छट्प् टीन्छन। रुन आशु सकिए र आफनो भाग्यलाइ धिकार्दै उनी रिसले तनावग्रस्त हुन्छन । सवै जानकारी दिदै उनका दाजु गहभरी आशु लिदै भन्छन -म आउने दिन हेर्न नि सकिन र अहिले दिन दिनै उसको साथमा मै भए पनी चाहेको केही गर्न सकिरहेको छैन ।थोरै धेरै जो जती जसरी हुन्छ सहयोगको लागी अपील गर्दछौ । यो सव सुनेर म उसलाई कपालमा मुसार्दै ,हातमा सुम्सुमयेरा त्यहाँ वाट हिडे मनमा आफु आज सवै भन्दा गरीव भएको आभास गरी कास मा धनी भएर उसको धेरै सहयोग गर्न सके। वाहिर आउने वित्तिक्कै वाधिएको आशुको वाध फुट्यो चस्मा लगाएर छोप्न खोजे सवै धमिलियो र आशु पुछ्दै हातले यो सव लेख्दै अनुरोध गर्न चाहन्छु । हामी सवैले थोरै थोरै गरे केही गर्न सकिन्छ जत्ति सक्नु हुन्छा त्यत्ती गर्नुस हजुरको आफ्नै आफन्तको आभास राख्नुहोस।म कुनै त्यस्तो संघमा आवद्ध छैन तर गरीमामय संघहरुको आज केही गरी देखाउनु होस् । आज त्यो निर्मल त्यस्तो भएको छ दिनदशा त हो कसलाई नै नलागोस भने पनी लागीहाल्छ । एक अर्काको साहारा बनौ हरेक नेपाली दाजु भाइ तथा दिदी वहिनीहरु मा घुडा टेकी विन्ती गर्दै छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *