गोपीकृष्ण पंगेनीको “मायाले मन बराल्छ” को भिडियो सार्वजनिक (भिडियो सहित )

हरि नेपाली ।

दुबई, २६ मे २०१६ – कला र गलाको माध्यमबाट नेपाली साँगितिक दुनियाँमा आफ्नो अलग्गै छाप छोड्न सफल गायक गोपी कृष्ण पंगेनीले रोइला गीत “मायाले मन बराल्छ” सार्वजनिक गरेका छन् ।

सितारा म्युजिक प्रा लि मार्फत बजारमा ल्याएको उक्त गीतको रसिक तथा चटपटे शब्दहरुको शब्द तथा संगीत चर्चित सर्जक एक नारायण भण्डारीको रहेको छ भने गायक पंगेनीको आवाजमा गायिका देवी घर्तीले समेत साथ दिएकी छिन् ।

Mayale Man Baralchha

स्याङ्जाबाट आफ्नो सपनाको उडान भर्दै बैदेशिक रोजगारको सिलसिलामा दुबई आइपुगेका रसिक स्वभावका गायक पंगेनीले धेरै गीतहरु सार्वजनिक गरिसकेका छन् ।

अन्र्तराष्ट्रिय कलाकार समाज, युएईका महासचिव समेत रहेका गोपी कृष्ण पंगेनी भर्खरै सार्वजनिक भएको रोइला गीत मार्फत आफ्नो सांगितिक यात्रा सुरु भएको हो ।

फरक फरक स्वादका पारखी गायक पंगेनीको “म त परदेशी” नामक लोकगीत,“परदेशीको सम्झना” नामक सालैजो लगायत कैयौ चर्चित गीतहरु समेत श्रोताहरु माझ पस्किसकेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *