सिटी लाईफ ट्राभलको शाखा नेपालमा

युएईमा संचालनमा रहेको सिटि लाईफ ट्राभल एण्ड टुर्षले नेपालमा शाखा स्थापना गरेको छ । एक कार्यक्रमकाबीच काठमाडौं नक्साल नागपोखरीमा जेठ ७ गते एक औपचारिक  कर्यक्रमका गरेर ट्राभलको उद्घाटन गरिएको हो ।

city life (1)

नेपाल पत्रकार महासंघ नेपालका उपाध्यक्ष खिलाबहादुर भण्डारी र सामुदायिक प्रहरीका काठमाडौंका सल्लाकार नेपाली चलचित्रका निर्माता निर्देशक तथा कलाकार दिपक खाडले रिबन काटेर ट्राभलको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

आन्तरिक तथा बाह्य पर्यटनलाई पर्यटकीय भिसा, टिकट, होटल बुकींग एबम आबस्यक परामर्श दिने उदेश्यले सिटि ट्राभल एण्ड टुर्स नेपाल  संचालन गर्न लागिएको ट्राभलको प्रबन्ध निर्देशक त्रिलोचन कोइरालाले  जानकारी गराए । कोइरालाका अनुसार युएईमा बिगत एक बर्ष देखि सिटी लाईफ ट्राभल एण्ड टुरिजम संचालनमा रहेको छ ।

city life (2)

एउटै छानामुनि ट्राभलसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध  गराउने बताउँदै  कोइरालाले चाडै नेपालका अन्य सहरमा पनि शाखा बिस्तार गर्ने योजना रहेको बताएका छन । सिटि लाईफ ट्राभल एण्ड टुरिजममा  त्रिलोचन कोइराला , रमेश बस्नेत र रोशन श्रेष्ठको सयुक्त लगानी रहेको छ ।

ट्राभलले   बिशेष गरेर नेपालबाट पर्यटक बनेर विदेश घुम्न जाने नेपाली पर्यटकका लागि तथा युएईबाट नेपालमा अध्यायन भमणका लागि आउने विधार्थीहरु तथा पर्यटक बनेर नेपालको बिभिन्न पर्यटकीय धार्मिक एबम सस्कृतिक स्थलको अबलोकन गराउने सेवा सुबिधा उपलब्ध गराईने कोईरालाले जानकारी दिए ।

city life (4)

Leave a Reply

Your email address will not be published. Required fields are marked *