बादलले ल्याए “जति रुवाएनी तिमीले मलाई”

युएई, मे १८ – यूवापुस्ताका चर्चित गायक बादल प्रसाईको आवाजमा रहेको नयाँ गीत “जति रुवाएनी तिमीले मलाई” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रदिप थापाको शब्द रहेको सार्वजनिक गीतमा भरत सिटौंलाको संगीत र शैलेन्द्रमान प्रधानको एरेन्ज रहेको छ ।

badal-songs2

गायक प्रसाईको सबैभन्दा प्रतिक्षित रहेको सार्वजनिक गीतको छायाँकन अमेरिका र अष्ट्रेलियामा भएको हो । हालै सार्वजनिक भएको भिडियोमा “मिस हवाई २०१५” की विजेता डिसेम्बरर्सले अभिनय गरेकी छिन् ।

भिडियोमा डिसेम्बरर्सको जोडी आशीषसँग बाँधिएको छ । सार्वजनिक भिडियोलाई आशीष शम्सेर कुँवेरले निर्देशन गरेका हुन् भने अनुप गिरीले सम्पादन र एरिकले खिचेका हुन् ।badal-songs

भिडियोमा आशीष शम्सेर कुँवेरले मोडल डिसेम्बरर्सलाई हट अवतारमा प्रस्तुत गराएका छन् । भिडियोमा गायक प्रसाईको पक्ष अष्ट्रेलियामा खिचिएको हो भने दुई मोडलको पक्षलाई अमेरिकाको एक समुन्द्री तटहटमा खिचिएको हो ।

सार्वजनिक गीतको विषयमा बोल्दैं गायक प्रसाईले “जति रुवाएनी तिमीले मलाई”  आफ्ना लागि विशेष भएको बताए । उनका अनुसार सार्वजनिक गीत यूवापुस्ताका दर्शक, स्रोताहरुले मनपराउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *