लाईभ कन्सर्टका लागि गिरिष युएईमा

राजेश कुईकेल, युएई – युएईको दुवईमा हुने लाईभ कन्सर्टका लागि चर्चित नेपाली ¥यापर गिरिष खतिवडा युएई आएका छन् । आगामि शुक्रबार मे १३ का दिन दुबईको बुर्जुमान स्थित होटल होलिडे ईनमा हुने लाईभ कन्सर्टका लागि गिरिष बुधबार दुबई आईपुगेका हुन् ।

13219973_1135820896468949_355876836_n

नमस्ते नेपाल ईभेन्टको आयोजनामा हुन लागेको कन्सर्टमा गिरिष सँगै सुधिर ( नाएन डबल नाएन ), डिआरके फ्लो, डिजे फारी,डिजे सोरेन,डिजे ललित र डिजे मार्भिकको समेत प्रस्तुती रहने आयोजकका कुशल बुचाले जानकारी दिए ।

साझ ७ बजेदेखि विहान ३ बजेसम्म हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भैसकेको आयोजक नमस्ते ईभेन्टका विक्रम लामाले बताए । यूवा पुस्तालाई लक्षित गरि गर्न लागिएको कार्यक्रममा ३ सय भन्दा बढि नेपालीको सहभागिता हुने अपेक्षा गरिएको आयोजकको अर्का सदस्य सुरेन तामाङले जानकारी दिए । कार्यक्रमको मिडिया पार्टनर मोफसल मिडिया ग्रुप र फोटोग्राफि पार्टनर अंकु फोटोग्राफि रहेका छन् ।

giris

Leave a Reply

Your email address will not be published. Required fields are marked *