पूर्व सूचना प्रणाली र समुदायमा आधारित विपद् न्यूनीकरण तालिम सम्पन्न

शिवसताक्षी – झापाको शिवसताक्षीमा पूर्व सूचना प्रणाली र समुदायमा आधारित विपद् न्यूनीकरण तालिम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, झापा शाखाको आयोजना, प्राक्टिल एक्सनको सहकार्यमा सम्पन्न तालिममा विपद व्यवस्थापन समितिका पदाधिकारीहरु, पार्टी प्रतिनिधिहरुको उपस्थितिमा भएको उक्त तालिम शिवसताक्षी नगरपालिको कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।

३ दिनसम्म चलेको उक्त तालिममा जलवायु परिवर्तनको असर, प्रकोपको पहिचान, नेपालमा विपदको अवस्था, भूकम्पीय जोखिममा नेपालको अवस्था, नेपालमा जलवायु परिवर्तनको जोखिमको अवस्था विषयमा जानकारी गराइएको थियो ।

त्यस्तै विपद व्यवस्थापन चक्र, विकासका फाइदा र वेफाइदाहरु, विपद जोखिम व्यवस्थापन सम्बन्धी सरकारको नीति नियम, पूर्व सूचना सम्बन्धी जानकारी, प्रकोपको पहिचान र त्यसले पार्न सक्ने असरको विश्लेषण, विपद सम्बन्धी ऐन नीतिगत अवस्था लगायतका विषयमा तालिम दिइएको थियो ।

कार्यक्रममा सन् २०१० मा हाइटी भूकम्पको वृत्तचित्र, नेपालमा गत वर्ष गएको विनासकारी भूकम्पको वृत्तचित्र प्रस्तुत गरिएको थियो भने अन्य विभिन्न प्रकोपहरुको वृत्तचित्रका मार्फतबाट तालिम समेत दिइएको थियो । नेपाल रेडक्रस सोसाइटी, झापा शाखाका मन्त्री कृष्ण कुमार मैनाली, शाखाकै केदार महत, कर्मचारी बद्री खवास र प्राक्टिकल एक्सनका कृष्ण बसौलाले तालिमको सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *