दाम्पत्य जोडी बाधिएको १३ औं,बर्षगाठको शुभ कामना

वहाँ,मेरी माननीय `गृहमन्त्री´,`प्रीति´ज्यु।
बिगत द12022418_990402074375124_8793464763754893112_oशक लामो कालदेखी,यो ज्यानको दिलको राज सरकारमा,एकलौटी अधिपत्य शासन जमाउदै आउनु भएकोछ। भीडहरुको रंगबजारमा,उनलाई देखेसी,यो मन त्यसै लोभीयो।कायल भएँ ,जसरी आगोमा जलेसी मैन बत्ती पग्लन्छ।उसरी नै,यो ज्यान पग्लियो।मन र आखामा राखेको मान्छे,कसैले चोर्ला,फुत्काउला र टिपी हाल्ला भन्ने डरले मनमा,डेरा जमाइ रहेथ्यो।13015466_1012106968871301_634846249930333088_n
अपितु:किन आखा र मनमा मात्रै,तस्बिर  राखेर,कायल भइ रहने नि, बरु उनको ज्यान नै आफ्नो बनाउने,भन्ने मोढमा पुगीयो। मन पराएको मान्छे,भोली नपाएर,सडकमा `देवदास´बन्नु छैन जस्तो लाग्यो र उनको हात माग्न लागीयो। हात मागेसी,साथ नि सहजै पाइयो। हर्ष बढाइका साथ,मेखिम/विबाह गरियो।जो आजैको(-४ बैशाक-२०६०) दिन हो उनलाई,यो दिलको राज सरकारमा,`गृहमन्त्री´ को सम्माननीय पदमा, पदारोथण गराउदै नियुक्ति गरिएको दिन हो आज।
आज उनलाई भारी मिस गरीराछु। दशक लामो यो दाम्पत्य जीवन यात्राहरुमा,कति आरोह- अवरोह त,आए नै होलान् तथापी साथै रहेर उनलाई साथ दिन र समय दिन सकिन।त्यो प्रती भने ज्यादै आत्माग्लानी भइ रहेछ।धेरै आफ्नो भन्दा,अरुको खुशी र रुपान्तरण हेर्ने आदतले वा चरित्रका कारण,त्यो कमजोरी म मा रहि रहयो। त्यो मानेमा भने म ज्यादै दु:खी छु र उनी प्रती भारी क्षमा याचना नि माग्छु।
भलै:`एउटा नव-दम्पत्तीको उत्कृष्ट सिर्जना भनेकै त,सन्तान प्राप्त गर्नु रहेछ।जो अमर कृतिका रुपमा अगाध श्रद्दा औं माया,प्रेमले पुजीन्दो रहेछ´।जो हामी संग,एउटी छोरी `लोजीमा´हाम्रो बिरासतको रुपमा `काब्यश्री´बनेर,विशेष मिक्तोक/ उपहार स्वरुप,`मिक्सेन´/चिनो बन्नु भएकी छिन् ।यो माननीय गृहमन्त्री ज्युको अनुपम सृजनात्मक उपहार हो।म उनी प्रती ज्यादै,जनम-जनमको कृतज्ञ छु।1493156_990371751044823_7851156910203252399_n
स्मरण रहोस् :एकदिन म्यासेज Text लेखे,`धेरै दु:ख दिएँ ,यो डाडै-डाडा,कुद्ने भत्तुवा कुकुर जस्तो,लोग्ने साथी पाँउनु भो…? यो जुनी त,यस्तै बित्ने भो…?यदी अर्को जुनी,पाइन्छ भने,यो भत्तुवा साथी भन्दा,गतिलो अर्को साथी रोज्नुस है,´?भनेको मात्र के थिएँ,गृहमन्त्री ज्युले,प्याच्च थुथुनो पड्काइ हालीन् ,`के को यो जुनी सम्म मात्र नि,सात जुनी सम्म शासन चलाइन्छ´पो भनिन् र शासन सत्ताको बागडोर आफ्नो हातमा हुनुको जंगे उर्दी जारी गरिन् । म त भुत्तुक्कै भएँ ,अन्त: नतमस्तक नि।म नि फुर्की हाले,आफ्नो दिलको खुल्ला राजधानीमा,सात जुनी सम्म शासन सत्ताको कार्यभार बागडोर चलाउछु भन्ने,यत्तिको आत्मा-बिश्वासी गृहमन्त्री,दिलको राज सरकारमा कहाँ पाएला र हौ,भन्ने बोधले खुशीको पलमा निश्चिन्त बने।
अत:यो ज्यानको दिलको राज सरकारमा, राज-सत्ता गर्न आउछु भन्ने,पात्रहरुको लागी भने, सिंहदरबारको ढोका सदा-सदाको लागी बन्द भएको छ।अब:एउटै गृह प्रशासकले सात-सात जुनी सम्म,शासन सत्ताको लगाम हातमा लिने वदा,भएसी, दोस्रो जुनीको त,क्याबात रहयो र है…?फेरी यो दलीय राजनीतीक मोर्चा बन्दी गठ्बन्धन सरकार जस्तो होइन क्यारे। अन्त:यो ज्यान, लाई,मोर्चाबन्दी गठबन्धनको `गृह प्रशासन´पटक्कै मन पर्दैन।त्यो प्रती मेरो सार्बजनिक अवधारणा पहिल्यै पेश गरी सकेको छु।की, मान्छेको जीवनमा,`जन्म, विबाह र मृत्यु´केवल मात्र एक पटक हुन्छ।माफ गर्नु होला…?मेरो यो आशयले कसैको मन दुखे वा चित्त फाट्न पुगे।यसको आशय यो होइन की, कसैको मन दुखाउनु र पटाक्षेप गर्नु।यसको विशेषता बोध हरेक दृष्टिकोण बाट यसलाई बिश्लेषण गर्नु पर्छ। यो मेरो नितान्त नीजी बिचार हो।तर आदर्शताको गफ चुट्या भने होइन।
काश:आज यो सुखद पलहरुको, आलो स्मरण गर्दै,गराउदै,हाम्रो यो अविस्मणीय दाम्पत्य जोडी बाधिएको १३ औं,बर्षगाठको,उनी प्रती हार्दिक आभार,शुभ-कामना औं बधाई तोम्मा गर्दछु।
आउने उ दिनहरु नि,सुखद बन्न सकोस् ।
खैर:उनी प्रती समर्पित:<<<>>>>>>
शदियौसी लम्बी हे राते,
शदियौ से,लम्बे हुए दिन।
आ-जाऔ,लौट कर तुम,
ये दिल,कहा रहा हे….!!!!
तुमविन जीया जाए कैसे….?
कैसे,जीया जाए,तुमविन……???
………….सेवारो…….……………………....।।।

(लेखक किरात साम्यो नालिफुङ्गवाका केन्द्रीय अध्यक्ष एबम रंगकर्मी हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *