पुस्तक अंश : पहिलो संसद ‘ बीपी र महेन्द्रको टकराव’

संसद्को दोस्रो अधिवेशन चलिरहँदा २०१७ साउन २८ गते लमजुङका सांसद श्रीकान्त अधिकारीले नेपालको राजधानी काठमाडौंबाट पोखरा सार्नुपर्ने सङ्कल्प प्रस्ताव राखे । अधिकारीको प्रस्तावमा कत्तिक १ गतेदेखि माघ मसान्तसम्म राजधानीका सबै मन्त्रालय र सरकारी अड्डा सारियोस् भनिएको थियो । सङ्कल्प प्रस्तावलाई सत्तारुढ नेपाली कांग्रेसकै सांसदहरु बलबहादुर राई, राधाकृष्ण थारु, मणिराम शास्त्री, दिलबहादुर बुढा थापा, गणेशकुमार शर्मा, पुष्करनाथ शर्मा, खड्गबहादुर कार्की, नवराज जोशी र पृथ्वीराज कँडेललगायतका सांसदहरुको समर्थन थियो ।

सत्तारुढ दलकै सांसदहरुले राजधानी सार्नुपर्ने भन्दै तीव्र लबिङ गरेपछि सरकार अप्ठ्यारोमा पर्नु स्वाभाविकै थियो । गृह मन्त्री सूर्यप्रसाद उपाध्यायले प्रस्ताव फिर्ता गर्न अनेकौं प्रयास गरे तर सांसदहरु मानेनन् ।  अन्तमा गृह मन्त्रीले प्रस्ताव फिर्ता गर्न आग्रह गर्दै भनेका थिए “इतिहास र महङ्खव हेरेर काठमाडौंलाई राजधानी बनाइएको हो । अहिले राजधानी सार्ने तर्क व्यावहारिक र सामयिक होइन ।” तर मन्त्रीको जबाफबाट सांसदहरु सन्तुष्ट हुन सकेनन् । मतदानमै लैजानुपर्ने अडान लिन थाले ।

kam

ठूलै हल्लीखल्ली मच्चियो । ‘उक्त प्रस्ताव किन र कुन अवस्थामा ल्याइयो’ भनेर लेखकले प्रस्तावको समर्थकसमेत रहेका सांसद मणिराम शास्त्रीलाई ५५ वर्षपछि उनले भने, “त्यति बेला हामी धेरै सांसद अल्लारे ठिटा नै थियौं । काठमाडौंको प्रतिनिधित्व गर्दैनथ्यौं । बाहिरबाट आएका हामीलाई यहाँका नेवारहरु पाखे भनेर अत्यन्त हेयको दृष्टिले हेर्थे । अनि हामीले सल्लाह ग¥यौं यिनीहरुलाई तर्साउन केही त गर्नै पर्‍यो । रिसको झोकमा राजधानी सार्ने प्रस्ताव दर्ता गराइदियांै । ठूलै हल्लाखल्ला भैहाल्यो ।”

“सरकारले राजधानी सार्न सक्तैन भन्ने हामीलाई थाहा नभएको पनि होइन ।” शास्त्री थप्छन्, “यहाँका स्थानीय नेवारहरुको हेला खेपेका सांसद बढी थिए । त्यसैले हाम्रो प्रस्ताव निक्कै लोकप्रिय बनेको थियो । लामै बहस भयो । राजधानी सार्न सरकारले नमानेपछि हामीले भन्यौं— त्यसो भए जाडोमा चितवन र गर्मीमा काठमाडौंलाई राजधानी बनाउनुपर्छ । नत्र सङ्कल्प प्रस्ताव फिर्ता हुँदैन । हामीलाई राजधानी सार्नु थिएन । यहाँका मानिसहरुको सेखी झार्नु थियो ।”

प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जबाफ दिँदै गृह मन्त्री सूर्यप्रसाद उपाध्यायले भनेका थिए, “नेपाली व्यक्तित्व, इतिहास तथा महङ्खवको ख्याल गरेर नै काठमाडौंलाई राजधानी बनाइएको हो । समयको आवश्यकताको वास्तै नगरी पुरानै सामन्तवादी र रुढिवादी मनोवृत्तिले प्रेरित भएर राजधानी सार्ने तर्क प्रस्तुत गरिनु व्यावहारिक र सामयिक होइन । आधुनिक नेपालका निर्माता श्री ५ पृथ्वीनारायण शाहले छानेको राजधानी अन्त सार्नुपर्छ भन्नु राष्ट्रियताको विपरीत हो । यसबाट सङ्कीर्ण भाव पनि प्रकट हुन्छ ।” ९देवकोटा, २०३६ स् ३७७ र ३७८० प्रतिनिधि सभाको २०१७ भदौ ४ गतेको बैठकमा सांसद श्रीकान्त अधिकारीले सो प्रस्ताव फिर्ता लिए ।

  • जगत नेपालको पुस्तक ‘ पहिलो संसद बीपी महेन्द्र टकराव’को एक अंश, पुस्तक वैशाख ९ गते सार्वजनिक हुन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *