धन कमाउन साउदी पुगेका रामचन्द्र जेलमा परेपछी परिवार को बिचल्ली

 सुसान आचार्य

काभ्रे

वैदेशिक रोजगारी को सिलसिला मा साउदी अरब को साउदी अल्कासी बुरेदा स्थित तुर्वा सिमेन्ट फ्याक्ट्री को ड्राइभर काम को लागी गयका काभ्रे कुसादेबी ७ का रामचन्द्र तिमल्सिना हत्या अभियोग मा जेल परेपछि परिवार को बिचल्ली भयको छ । काम गर्न कम्पनी बाट २५० किलोमीटर टाढा १४८० नम्बर को रामचन्द्र ले चलाउने सबारी साधन दुर्घटना भइ पाकिस्तानी नागरिक को मिर्तु भयपछी हत्या अभियोग मा जेल परेका रामचन्द्र एक बर्ष बितिसक्दा समेत कुनै पहल नहुदा साउदिकै जेलमा बस्न बाध्य भएको जानकारी उनका बुबा सत्यनारायण तिमल्सिना ले दिनु भयको छ। २०७० साल साउन ५ गते काठमाण्डौ को त्रिपुरेवर मा रहेको वल्ड वाइड मेनपावर प्राली बाट १लाख १० हजार रुपैयाँ बुझाइ साउदि पुगेका रामचन्द्र २०७२ बैशाख ९ गते हत्या अभियोग मा जेल परेका हुन । परिवार का एक मात्र भरोसा बनेका रामचन्द्र समेत साउदीको जेलमा पुगेपछी अत्यन्तै कमजोरी आर्थिक अवस्था भएको रामचन्द्र को परिवार लाइ यत्ति खेर छाक मुख टार्न समेत धौ धौ परेको छ । आखा भरी आसु पार्दै रामचन्द्र कि २३ बर्सिय श्रीमती सरिता तिमल्सिना भन्नुहुन्छ दुई छोरा का बाबु बनि सकेका रामचन्द्र केहि धन कमाउछु र परिवार लाइ राम्रो सङ पाल्छु भनी ठुलो आसा लियर बिदेश गयका थिय तर आज आफै जेलमा परेपछि अब सन्तान लाइ खान लाउन दिन समेत मुस्किल भएको र आफुलाइ समेत मर्नु बाच्नु भएको बताउनु भएको छ । यस्तै काभ्रे कुसादेबी ७ का बिस्णु घिमिरे का अनुसार केहि बर्ष अघि मात्र भाइले पनि आत्महत्या गर्यो अब यसैले केहि गर्ला र आफ्नो साहरा बन्ला भन्ने ठुलो आसा लियर बसि रहेका रामचन्द्र का बुबा आमाको आखा छोरो जेल परेको खबर सुनेपछी कहिलै नओभायको र अब ति बालबच्चा को समेत बिचल्ली भएको बताउनु भएको छ । उहाका अनुसार जेल परेको खबर पाय पस्चात आफुले संबंधित निकाय मार्फत रामचन्द्र लाइ बचाउन पहल गरेपनि कुनै सुनवाइ नभएको र ब्यवास्था गरेको हुदा अब आसा मर्न लागी सकेको बताउनु भयको छ । भुकम्प ले भएको घर पनि भत्काइ दिय पछी छाप्रो हालेर त्यही छाप्रो मा आफ्नो गुजारा चलाउदौ आयका रामचन्द्र को परिवार लाइ यत्ति खेर छोरा कसरी नेपाल झिकाउनु भन्ने पिडाले सताइ रहेको छ । यत्ति खेर आफ्नो एउटा मात्र जिबनको साहरा अनि ति बालबच्चा को भरोसा बनेका रामचन्द्र लाइ सबैले सक्दो सहयोग गरि बचाउन समेत परिवार ले अनुनय बिनय गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *