पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल बिहिबार

विराटनगर÷मोरङ जिल्ला भलिबल संँघको आयोजनामा विराटनगरमा जारी प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको बुधबारको खेलमा पूर्वी प्रितना हेडक्वाटर, एपिएफ र पूर्वाञ्चल भलिबल टिम विजयी भई सेमिफाईनलमा प्रवेश गरेका छन् ।
बुधबारको पहिलो खेलमा पूर्वी प्रितना हेडक्वाटर इटहरी वाक ओभरको आधारमा विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको छ । पूर्वी प्रितना हेडक्वाटर र विर्तामोड भलिबल टिम झापाविच हुनु पर्ने खेलमा झापा नआएपछि पूर्वी प्रितना हेडक्वाटरलाइ विजय घोषि गर्नु परेको संघका जिल्ला सदस्य केदार पौडेलले जानकारी गराए ।
त्येसैगरी दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब पकलिले नवज्योति यूवा क्लब खोटाङलाई २५–१९ र २६–२४ को सोझो सेटले पराजित गरी सेमिफाईनलमा प्रवेश गरेको छ ।
त्यस्तै तेस्रो खेलमा पूर्वाञ्चल भलिबल टिमले तेह्रथुम भलिबल टिमलाई २५–१५ र २५–१९ को सोझो सेटले पराजित गरी सेमिफाईनलमा प्रवेश गरेको छ ।
पाँच दिनसम्म चल्ने प्रतियोतिामा पूर्वाञ्चलका संखुसभा, खोटाङ, भोजपुर, सिराहा, सुनसरी, झापा,नेपाल प्रहरी टीम(क्षेत्रिय), नेपालि सेनाको टीम(क्षेत्रिय) र सशस्त्र प्रहरी बल टीम(क्षेत्रिय) गरी १२ टिमको सहभागी रहेको जानकारी गराए ।
बैशाख २ गते सम्म सञ्चालन हुने सो प्रतियोतिामा २ लाख ५० हजार खर्च हुने अध्यक्ष हरीसचन्द्र कोइरालाले बताए ।
विहीबारकोे खेल पहिलो सेमिफाईनल खेल पूर्वाञ्चल र पूर्वी प्रितना हेडक्वाटर दोस्रो सेमिफाईनल खेल शसस्त्र प्रहरी बलको एपिएफ क्लब पकलि र पूर्व क्षेत्रिय प्रहरी बिच हुने छ । फाइनल विहीबारै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *