पत्रकारको साधारणसभाको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने

12321442_10208755902356966_806002373723679405_nचैत्र २९, २०७२- नेपाल पत्रकार महासंघको चितवनमा आयोजना हुने आगामी साधारणसभाको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ ।

सोमबार यहा्ँ स्थानीय मूल आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष डा. महेन्द्र बिष्टले उक्त जानकारी गराएका हुन । उनका अनुसार साधारणसभा सम्पन्न गर्नका लागि केन्द्र र जिल्लामा तयारी तिव्र पारिएको छ ।

जिल्लामा आयोजनालाई भव्य तुल्याउन स्थानीय मुल आयोजक समितिका साथै १६ वटा उप समिति गठन गरिएका छन् भने केन्द्रले सांगठनिक, नीतिगत, संगठनको पुर्नसंरचना लगायत विषयको तयारी गरिरहेको छ ।

अध्यक्ष बिष्टले चितवन शाखाले अहिलेसम्म गरेको तयारीप्रति सन्तोष व्यक्त गरे । उनले आगामी महासंघको बिद्यानलाई राज्य पुर्नसंरचना अनुसार ३ तह रहने गरी संशोधन गर्ने तयारी भइरहेको जनाए । महासंघको आगामी साधारणसभा बैशाख २१ गते पूर्वी चितवनको रत्ननगरस्थित स्टार ब्याक्वेटमा हुने तय भएको छ ।

मुलुकभरबाट आउने प्रतिनिधिका लागि पर्यटकीय क्षेत्र सौराहामा आवासको व्यवस्था गरिएको स्थानीय मुल आयोजक समिति संयोजक हरिप्रसाद पोखरेलले जानकारी गराए ।

कान्तिपुर बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *