आइपिएल क्रिकेटमा कोलकत्ताको सहज जित

चैत २९ – भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आइतबार राति भएको दोस्रो खेलमा कोलकाला नाइट राइडर्स विजयी भएको छ ।

दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराउँदै कोलकाताले विजयी सुरुवात गरेको हो । दिल्लीले प्रस्तुत गरेको ९९ रनको सामान्य लक्ष्य कोलकाताले १४ दशमलव एक ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो ।

ipp

कोलकाताका कप्तान गौतम गाम्भीरले नटआउट ३८, रोबिन उथप्पाले ३५ तथा मनिष पाण्डेले नटआउट १५ रन बनाए । दिल्लीका अमित मिश्राले एक विकेट लिए ।

यसअघि कोलकातामा पहिले ब्याटिङ गरेको दिल्लीले १७ दशमलव चार ओभरमा अलआउट हुँदै मात्रै ९८ रन बनायो । उसका क्विन्टन डी ककले १७, सन्जु सामसनले १५ तथा पवन नेगी र क्रिस मोरिसले समान ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा जन बनाउन सकेनन् ।

कोलकाताका एन्ड्री रुसेल र ब्राडा हगले समान तीन तीन तथा जोन ह्यासटिङ र पियुष चावलाले समान दुई दुई विकेट लिए । दिल्ली जाहिर खानको कप्तानीमा खेलेको थियो ।

Piyush Chawla of Kolkata Knight Riders takes the return ball during match 2 of the Vivo Indian Premier League ( IPL ) 2016 between the Kolkata Knight Riders and the Delhi Daredevils held at the Eden Gardens Stadium in Kolkata on the 10th April 2016 Photo by Ron Gaunt/ IPL/ SPORTZPICS

Leave a Reply

Your email address will not be published. Required fields are marked *