पूर्वाञ्चल स्तरीय भलिबल शुरु

विराटनगर÷मोरङ जिल्ला भलिबल संँघको आयोजनामा प्रथम स्र्वगीय सुर्यबहादुर थापा स्मृति पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता विराटनगरमा आइतबारदेखी सुरु भएकोछ ।
आइतबार भएको उदघाटन खेलमा प्रहरीट टीम(क्षेत्रिय) र नेपालि सेनाको टीम(क्षेत्रिय) विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा नेपाल प्रहरी टीम(क्षेत्रिय)ले सुनसरीको धरान भलिबल क्लबलाई २५–१६ र २५–१९ को सोझो सेटले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच नेपाल प्रहरीका धनश्याम महतो घोषित भए । त्सैगरी दोस्रो खेलमा नेपालि सेनाको टीम(क्षेत्रिय)ले प्यारागन उमावि सिरहा क्लबलाई २५–१८ र २५–२० को सोझो सेटले पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच नेपालि सेनाको रिषी थापा मगर घोषित भए ।
यस अघि प्रमुख अथिति पूर्व बाणिज्य तथा आपुर्ति मन्त्रि तथा सान्सद सुनिलबहादुर थापाले भलिबल कोर्टमा बललाई सर्भिस गर्दै प्रतियोगीताको उदघाटन गरेका थिए ।
पाँच दिनसम्म चल्ने प्रतियोतिामा पूर्वाञ्चलका संखुसभा, खोटाङ, भोजपुर, सिराहा, सुनसरी, झापा,नेपाल प्रहरीट टीम(क्षेत्रिय), नेपालि सेनाको टीम(क्षेत्रिय) र सशस्त्र प्रहरी बल टीम(क्षेत्रिय) गरी १२ टिमको सहभागी रहेको जानकारी गराए ।बैशाख २ गते सम्म सञ्चालन हुने सो प्रतियोतिामा २ लाख ५० हजार खर्च हुने अध्यक्ष हरीसचन्द्र कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *