झापाको दमकमा १५ शैयाको सरकारी अस्पताल

चैत २४  – झापाको दमकमा रहेको आम्दा अस्पतालको पुरानो भवनमा सरकारी अस्पताल सञ्चालन हुने भएको छ । जिल्ला अस्पताल सहर सेवा सुविधा हुने गरि सञ्चालन हुने अस्पतालका लागि कर्मचारीहरु समेत आउन थालेका छन् ।

दमक–१ स्थित यस स्थानमा हाल दमक स्वास्थ्य चौकीको भवन रहेको छ । स्वास्थ्य चौकीका प्रमुख नगेन्द्र भट्टराईका अनुसार सरकारले चौकीलाई स्तरवृद्धि गरि अस्पतालका रुपमा विकास गर्ने तयारी शुरु गरेको छ । उनले १५ शैयाको हुने सो अस्पताललाई जिल्ला अस्पतालको मापदण्डमा विकास गरिने भएको वताए ।

image1

अस्पतालमा एक जना मेडिकल सुपरिटेन्डेन्टसहित ३ जना डाक्टरको दरबन्दी रहने वताईएको छ । त्यस अस्पतालले दमकसहित दक्षिणी इलाम,पाँचथरका दक्षिणी र मोरङको पूर्वी क्षेत्रका सर्वसाधारणहरुले विशेषज्ञ स्वास्थ्य सेवा पाउने भट्टराईले जानकारी दिए ।

हाल चौकीको करिव १९ कठा जमीन क्षेत्रमा नै सरकारले स्तरबृद्धि गरि अस्पताल बनाउन स्वीकृत गरेपछि थप काम अघि बढाईएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक चन्द्रदेव मेहताले दमकमा जिल्ला अस्पतालका रुपमा सरकारी अस्पताल छिट्टै स्थापना हुने तयारी भएको जानकारी दिए ।

उनले अस्पतालका लागि आवश्यक स्वास्थ्य जनशक्ति तथा अन्य प्राविधिकीय सेवाहरुको काम सरकारले शुरु गर्न थालेको वताए । दमकमा सरकारी अस्पतालवाट मानिसको अकालमा हुने मृत्युपछिको शव परिक्षण गरिने पोष्टमार्टमको समेत व्यवस्था हुने मेहताले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *