ट्वान्टी ट्वान्टी विश्वकपको फाईनल आज कस्ले मार्ला बाजी ?

चैत २१ – आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र वेष्ट इन्डिज प्रतिस्पर्धा गर्दैछन् । कोलकाताको इडन गार्डेन मैदानमा नेपाली समय अनुसार बेलुका साँढे सात बजे हुने खेलमा दुबै टोली उपाधिका लागि आमने सामने हुने छन् ।

KOLKATA, INDIA - APRIL 02:  Darren Sammy, Captain of the West Indies and Eoin Morgan, Captain of England pictured during a Captain's Photocall ahead of the ICC World Twenty20 India 2016 Final at Eden Gardens on April 2, 2016 in Kolkata, India.  (Photo by Matthew Lewis-IDI/IDI via Getty Images)
यसअघि दुबै टोलीले एक एक पटक ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधी जितिसकेका छन् । इंग्ल्याण्डले सन् २०१० मा वेष्ट इन्डिजमा भएको प्रतियोगितामा अस्ट्रेलियालाई सात विकेटले हराएर उपाधि उचालेको थियो ।

यस्तै वेष्ट इन्डिजले सन् २०१२ मा श्रीलंकामा भएको खेलमा घरेलु टोलीलाई ३६ रनले पराजित गर्दै उपाधि जितेको थियो । इंग्ल्याण्ड इओन मोर्गान तथा वेष्ट इन्डिज डरेन सामीको कप्तानीमा मैदान उत्रने छ ।

इंग्ल्याण्ड सेमिफाइनलमा न्युजिल्याण्डलाई सात विकेटले हराएर वेष्ट इन्डिज आयोजक भारतलाई सात विकेटले नै हराएर फाइनल प्रवेश गरेका हुन् ।

239241

Leave a Reply

Your email address will not be published. Required fields are marked *