बार्सिलोनाको अपराजित यात्रा सकियो, २–१ ले रियलसँग पराजित

मार्च ३ – दश खेलाडिमा सिमित बनेको रियलसँग पराजित भएपछि बार्सिलोनाको स्पेनिस लालिगा फुटबल प्रतियोगितामा ३९ खेलको अपराजित यात्रा सकिएको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सा चिर प्रतिद्वन्दी रियलसँग २–१ ले परिाजित भयो । प्रतिस्पर्धात्मक भएको खेको पहिलो हाफमा दुबै टोलिले गोलरहित बराबरि खेलेका थिए । तर दोश्रो हाफको ११ औ मिनेटमा जेरार्ड पिकेले हेड मार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाए ।

ronaldo

त्यसको ६ मिनेट बित्न नपाउँदै पहिलो हाफको १७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै खेल बराबरिमा ल्याए । दोश्रो हाफको ३८ औ मिनेटमा रियलका कप्तान सर्जियो रामोसले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाड्नु परेपछि खेलको अन्तिम ७ मिनेट रियल १० खेलाडिमा सिमित भएको थियो । तर त्यसको फाईदा बार्साले उठाउँन सकेन ।

१० खेलाडिमा सिमित रियलले खेल सकित ५ मिनेट बाँकी छदा क्रिस्टियानो रोनाल्डोको गोल मार्फत अग्रता लियो । त्यसपछि कुनै टोलिबाट गोल हुन सकेन र खेल रियलले जित्यो ।

जितपछि रियल मड्रिडको ३१ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ७० अंक छ । हारका बाबजुत बार्सिलोना ७६ अंकका साथ शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *