उद्योग वाणिज्य संघ झपा सतासीधाम र शिवगञ्ज शाखा एकिकरण हुने

शिवसताक्षी / उद्योग वाणिज्य संघ झापा सतासीधाम शाखा र शिवगञ्ज शाखा बीच समायोजन हुने भएको छ । तत्कालीन सतासीधाम गा.वि.स. र शिवगञ्ज गा.वि.स. मिलेर शिवसताक्षी नगरपालिका भएपछि छुट्टाछुट्टै दर्ता भई कार्य गरिरहेका उक्त २ वाणिज्य संघबीच समायोजन हुने भएको हो ।

उद्योग वाणिज्य संघ, शाखा कार्यालय सतासीधामका अध्यक्ष कमल बहादुर दाहालको सभापतित्वमा भएको भेलामा उद्योग वाणिज्य संघ झापाका निवर्तमान उपाध्यक्ष मोहन सुबेदी, वाणिज्य संघ शिवगञ्जका अध्यक्ष बिरेन्द्रप्रसाद यादव, शिवगञ्जका निवर्तमान अध्यक्ष भोलानाथ मैनाली लगायत दुवै वाणिज्य संघका पदाधिकारी तथा सदस्य र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

यसैबीच सो भेलाले उद्योग वाणिज्य संघ, शिवगञ्जका अध्यक्ष बिरेन्द्रप्रसाद यादव संयोजक रहेको तदर्थ समितिको समेत गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा पशुपति चौधरी, उपाध्यक्ष त्रयमा जीवन गिरी, नरेश कुमार मिश्र, राम नरेश शर्मा चयन भएका छन् ।

त्यसैगरी महासचिवमा तेजबहादुर लाम्गादे, सचिवत्रयमा अग्नीप्रसाद दुलाल, सुरेशकुमार अग्रवाल, यामनाथ काफ्ले र कोषाध्यक्षमा कृष्ण पोख्रेल चुनिएका हुन् छन् भने दुवै संघमा हाल रहेका सदस्यहरु नै तदर्थ समितिको सदस्यमा रहेका छन् ।

दुवै संघको समायोजनले आगामी ०७३ मंसीर १५ गतेभित्रमा नगर अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरिएको सतासीधाम उद्योग वाणिज्य संघका अध्यक्ष कमलप्रसाद दाहालले बताए । झापाको दूधेमा सम्पन्न भेलाको औचित्यमाथि प्रकाश जीवन गिरीले पारेका थिए भने स्वागत मन्तव्य पशुपति चौधरीको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *