रौतहटमा चार जना निरीक्षक निलम्बन

गौतम श्रेष्ठ
१८ चैत, गौर । एसएलसी परीक्षामा अमर्यादित काम गरेको भन्दै रौतहटमा चार जना निरीक्षक निलम्बनमा परेका छन् ।
उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रमा गार्ड बसेका चोचा प्राविका शिक्षक ईन्द्र चौधरी र जमुनिया विद्यालयका राम दयाल साहलाई परीक्षा अवधिभर गार्ड बस्न नपाउने गरी निलम्बन गरिएको परीक्षा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिए ।SLC-Exam-at-Rautahat
यसैगरी नेमधारी बासुदेव उच्च मावि मुडवलवाबाट पनि २ जना निरीक्षकहरुलाई निलम्बन गरिएको छ ।
रौतहटका अन्य परीक्षा केन्द्रहरुमा यस वर्ष एसएलसी मर्यादित देखिएको छ । विगत वर्षहरुमा भन्दा यस वर्ष तोकिएका प्राय परीक्षा केन्द्रहरु पहिलो दिन व्यवस्थित देखिएका छन् ।
यस वर्ष कुल २६ परीक्षा केन्द्रबाट दश हजार एक सय ५४ विद्यार्थीले प्रवेशिका परीक्षा दिँदै छन् । नियमित तर्फ ६ हजार ७५४ परिक्षार्थी रहेका छन् भने ३ हजार ४०० एक्जाम्टेड परीक्षार्थी सहभागी भएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ ।
यस पटकको प्रवेशिकामा सहभागिमध्ये छात्रहरुको संख्या ५ हजार २८६ छ भने छात्राहरु ४ हजार ८६८ जना छन् ।
मुडवला केन्द्रमा सहयोगी राखेर परीक्षा दिँदै एक दृष्टिविहीन
यस्तै रौतहटमा दृष्टिविहीन विद्यार्थीहरु पनि सहभागी भएका छन् । उनीहरुले सहयोगी राखेर परीक्षा दिएका छन् ।
परीक्षा केन्द्रहरुमा छात्राहरुका लागि सेनिटरी प्याड वितरण गरिएको थियो । महिनावारी भएका छात्राहरुलाई सहज होस् भनेर प्याड वितरण गरिएको हो ।अनलाइन खबरबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *