नेपाल बुद्धिचाल संघमा एकालाल

हेटौडा, चैत्र १४ – एकलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै नेपाल बुद्धिचाल संघको पाँचौं साधारण सभा सम्पन्न भएको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा इलामका विदुर गौतम, महासचिवमा ललितपुरका हेराकाजी महर्जन, सचिवमा मकवानपुरका धरम बहादुर लामा, कोषाध्यक्षमा चोभारका ज्ञानेन्द्र महर्जन र सहकोषाध्यक्षमा मोरङ्गका ज्ञानेन्द्र पराजुली निर्विरोध चयन भएका छन् ।

nca team

यस्तै शनिवार सम्पन्न चुनावमा चार उपाध्यक्षको लागि ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । चुनावबाट रुपन्देहीका माधवप्रसाद प्रधान, मोरङ्गका राजेन्द्रप्रसाद रिजाल, काठमाण्डौंका सुजेन्द्रप्रसाद श्रेष्ठ र नारायण दास गमाल विजयी भए ।

यसैगरी ९ सदस्य पदको चुनावमा दोलखाका गोविन्द श्रेष्ठ र उमेश के.सी., झापाका निरज निरौला, कैलालीका धनबहादुर बोगटी, इलामका दिपेन राई, ललितपुरका श्याम ब्यन्जनकार, जुम्लाका रतन नाथ योगी, पर्साका राम किशोर सिंह पराग र कंचनपुरका टिकादत्त दाहाल निर्वाचित भए ।

यसैगरी नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले उपाध्यक्षमा भक्तपुरका ज्ञानेन्द्र खाइजु र सदस्यहरुमा कास्कीका बाबुराम पन्त, खोटाङ्गकी मोनालिसा खम्बु र काठमाण्डौकी रजुला जोशीलाई मनोनित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *