झापामा ‘सुचना प्रवाह तथा विकास पत्रकारिता’ प्रशिक्षण सम्पन्न

भद्रपुर, चैत १४ – नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र जिल्ला विकास समितिको सहयोगमा सञ्चालित ‘सूचना प्रवाह तथा विकास पत्रकारिता’ विषयक दुई दिने प्रशिक्षण आज आइतबार सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको प्रशिक्षण समापन समारोहमा प्रमुख अतिथि स्थानीय विकास अधिकारी खेमराज ओझाले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रशिक्षणमा विषयगत सरकारी कार्यालयका सूचना अधिकारी र क्रियाशील सञ्चारकर्मीसहित ३४ जनाको सहभागिता रहेको पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । प्रशिक्षणको सहजीकरण सञ्चारविद् तथा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले गरेका थिए ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का जिल्ला अध्यक्ष गणेशमान मुखिया, प्रशिक्षक पन्त, अध्यक्ष नेम्वाङले समेत सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

सहभागीको तर्फबाट पत्रकार अम्विका भण्डारी र जिल्ला प्रशासनका सूचना अधिकारी सुरेश आचार्यले धारणा राखेको कार्यक्रमको सञ्चालन महासंघका सचिव एकराज गिरीले गरेका थिए ।

सरकारी कार्यालय र पत्रकारवीच सम्वन्ध सुमधुर बनाउदै विकास पत्रकारितालाई प्रभावकारी बनाउन प्रशिक्षण फलदायी भएको सहभागीको प्रतिक्रिया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *