शेयर सदस्यलाई स्वास्थ्य शिक्षा

शिवसताक्षी / नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुलाई १ दिने स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । एनएमसी स्वास्थ्य समितिको आयोजनामा भएको कार्यक्रममा मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा प्रशिक्षक तथा प्राविधिक युवराज बोहोराले सहजीकरण गरेका थिए ।

प्रशिक्षक बोहोराले आँखाको बनावट, आँखामा लाग्ने रोग, स्वास्थ्य आँखाको बारेमा प्रष्ट पारेका थिए । स्वस्थ्य आँखाले चारै दिशा देख्न सक्छ आँखाको सेतो भाग सबै सेतो हुनुपर्छ । DSC03759आँखामा ९०% पानी हुने भएकाले सानो चोटपटक लाग्दा आँखा बिग्रन सक्ने हुँदा ध्यान दिनुपर्ने कुराहरुका बारेमा प्रोजेक्टरको माध्यमबाट प्रष्टयाएका थिए । प्रशिक्षक बोहोराले हाम्रो आँखाले हेर्न होइन हेराउने काम गर्छ, हेर्न भनेको दिमागले हो भन्दै दिमागले सबै काम गर्ने कुरा समेत प्रष्ट्याए ।

उनले हैजा नआई एक महिनाभित्रका नानीहरुको आँखा पाकेमा नानीको कारण उपचार नभई आमा बाबुले समेत स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने बताए । उपस्थित सबैले यो मौसम आँखाको समस्या आउने भएकाले यसखालको शिक्षाले स्थानीय जनतामा ठूलो राहत पुगेको बताए ।

दूधेस्थित आदिवासी जनजातिको सभाहलमा भएको स्वास्थ्य शिक्षा कार्यक्रमको अध्यक्षता संस्थाका सञ्चालक समितिका सदस्य खेमनाथ मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि प्रकाश स्वास्थ्य शिक्षा संयोजक दिलिप सुबेदीले गरेका थिए ।

दूधे कार्यालयका सदस्य दधिराम खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कर्मचारी अञ्जना पोखरेलले गरेकी थिइन् भने ०७२ फागुन मसान्तसम्मको दूधे कार्यालयले गरेको कारोबारको झलक कार्यालय प्रमुख नबिन तामाङ्गले प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *