के के एस ले पुरा ग¥यो पहिलो बसन्त

लक्ष्मण खनाल युएई
युएईमा नेपालीद्वारा संचालित के के एस टायर एण्ड विह्ल अलाइमेन्ट एलएलसीले आफ्नो स्थापनाको एक बर्ष पुरा गरेको छ ।
पहिलो वसन्त पार गरेर दोस्रो बसन्तमा प्रबेश गरेको अवसरमा केकेएसले प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । गत आइतबार कम्पनी मा आयोजित सो बार्षिक उत्सव कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाली विजनेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा, लुम्बिनी बेलफेयर सोसाइटीका अध्यक्ष डिएल शर्मा, स्याङ्गज सहयोग समाजका संस्थापक राजेश दर्शन अर्याल लगायत युएईमा रहेका व्यवसायीहरु, संघ संस्थाका प्रतिनीधिहरु, पत्रकारहरु लगायतको उपस्थिती थियो ।10404076_951416684944055_5393270805896477534_n
केकेएसका संचालकहरु मध्ये कृष्ण प्रसाद न्यौपाने र शंकर प्रसाद न्यौपानेले संयुक्त रुपमा केक काटेर सो बार्षिक उत्सव मनाएका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले केकेएस को व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।
स्याङ्गजा जिल्लाको श्रीकृष्ण गण्डकी गाविसका कृष्ण प्रसाद न्यौपाने, शंकर प्रसाद न्यौपाने, भुपती न्यौपाने र लेखनाथ न्यौपानेको संयुक्त लगानीमा संचालित के के एस टायर एण्ड विह्ल अलाइमेन्ट एलएलसी, दुबईको अलकुज मा विगत एक बर्षदेखी गाडी को टायर, बडी र इन्जिन मर्मत सम्बन्धि कार्यहरु गर्दै आइरहेको छ ।kks 2kks 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *