सस्कृतिको जगेना गर्न सहयोगी बन्छौ – एभरेष्ट मिडिया

मोफसल सम्बाददाता /एभरेष्ट मिडिया दुबाईले मार्च १४ तारिक एक पत्रकार सम्मेलन गरेर आफना आगामी योजनाहरु सार्बजनिक गरेको छ ।11924833_1106247932729156_1127568411_n
मध्यपूर्वमा पहिलोपटक नियमित नेपाली चलचित्र प्रदशनी गर्ने लागेको एभरेष्ट मिडियाले चलचित्रका साथ सांगीतिक कार्यक्रम , खेलकुद , भिडियो उत्पादन तथा ब्यबस्थापन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
कलासस्कृतिले नै देश देखि देश जोड्ने गर्छ भन्दै एभरेष्ट मिडियाका प्रतिनिधि सुदिप श्रेष्ठले नेपाल र युएईको सास्कृतिक समन्ध स्थापित गर्न एभरेष्ट मिडियाले पहल गर्ने बताएका छन | श्रेष्ठले एभरेष्ट मिडिया ब्यबसायीक कम्पनि भए पनि नेपाली कला सस्कृति जगेना गर्न, जातीय ,शाभिक तथा परम्परागत सस्कृतिमा सहयोगी भूमिका खेल्ने जनाए ।
एभरेष्ट मिडियाको आयोजनामा आगामी मार्च १८ तारिक मुक्ति एण्ड रिभल ब्याण्डको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । एभरेष्ट मिडियाका प्रतिनिधि तथा कलाकार सुमन उदयका अनुसार एभरेष्ट मिडियाले चलचित्र प्रदशनी संगसंगै बिभिन्न सास्कृतिक समूह बोलाएर सांगीतिक कार्यक्रम आयोजना गरिने जनाएका छन | उदयले हामी मनोरन्जनको लागि एक छाता सस्थाको रुपमा एभरेष्ट मिडियालाई बिकास गर्ने जनाउदै युएईमा रहेका सम्पूर्ण संघसंस्थासंग सहकार्य गरेर कार्यक्रम आयोजना गरिने जनाएका छन ।
एभरेष्ट मिडियाका प्रतिनिधि संजय पाण्डे , शिशिर मुनालको उपस्तिथिमा भएको पत्रकार सम्मेलनमा मार्च २४ तारिक देखि बरदुवइको भक्स सिनेमामा नियमित सुक्रबार र शनिबार , अबुधाबीको मरिना मल र अजमानमलमा सुक्रबार प्रदशनी गरिने जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *