विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

शान्तिराम बस्नेत/
शिवसताक्षी – शिवसताक्षी नगरपालिका वडा नं. ८ निवासी आइतमाया सेरेङ लिम्बु तथा उनका श्रीमान धनबहादुर सेरेङ र छोरा कुमार सेरेङले शिवसताक्षी–७ स्थित राष्ट्रिय रमणीय आदर्श उच्च मावि दूधेका वालविकास केन्द्रदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री विरतण गरेका छन् ।DSC03749

सोमबार एक कार्यक्रमको आयोजना गर्दै हाल युकेमा रहँदै आएका लिम्बु दम्पतिले करीब ४ सय ५० विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । यसै गरी शिवसताक्षी ८ स्थित सतासी प्राथमिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थिलाई समेत उनीहरुले शैक्षिक सामाग्री र विद्यालयलाई पङ्खा सहयोग गरेका छन् ।

आफूले सानोमा पढ्न नपाएको स्मरण गर्दै सामुदायिक विद्यालयमा प्रायः निम्न स्तरका विद्यार्थीहरु पढ्ने हुनाले आफूले सो विद्यालयका विद्यार्थिलाई अध्ययनमा केहि सहजता होस भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरेको बताइन् । राष्ट्रिय रमणीय आदर्श उच्च मावि, शिवसताक्षी–७ दूधेका प्राचार्य उमानाथ दाहालले सहयोगी भावनाको कदर गर्दै उनीहरुलाई धन्यवाद दिए भने सतासी प्राथमिक विद्यालयका प्रधानाध्यापक यदुनाथ दाहालले समेत उनीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *