नेटवर्क विजिनेश र यसका भित्री कुराहरु

विनोद खडका

नेटवर्क बिगनेस अति उतम नै हो खासगरी यस्ता काम बिदेशमा बसेर आहोरात काम गर्ने हाम्रै नेपाली दाजुभाइ हरू हूनूहून्छ । किनकि तपाईं हामी बिदेशमा गरेको जागिरको तलब ५५ डिग्री घामको आदि बाट मूक्त हून हामी चाहान्छौ । हामी बिदेशीएका हरू अरूको बन्धनमा हैन आफू केही गरू भनी कल्पनामा डूबि अबसरको खोजिमा भोेतारिन्छोे। किनकि हामीले गरेको श्रर्म अनुसार बिदेशमा कूनै पनि कम्पनी बाट परिश्रमिक पाउदैनोे ।घरमा औला गनेर महिनाको तलबको आशा गरेका हून्छन ।तर घरमा थाहा हूदैन कि छोराछोरी हरू नेटवर्किङ बिगनेस्मा लागेर दूख गरि कमाएको पैसा प्रर्लोभनमा परि स्वाहा गरेका हून्छन भनेर।अनि उनिहरूलाई के थाहा बिदेशको पीडा कस्तो हून्छ भनेर र छोराछोरी कताको बाटोमा छन् भनेर । बिदेशमा होस् या स्वदेशमा यस्तै बेलामा चारो बिछ्याउने धेरै हून्छन।बिदेशमा बिशेश गरेर खाडी मूलूक र मलेसियामा यस्ता मान्छे भेटिन्छन् यी सोझालाई कसरी प्रभोलनमा पार्ने र जालोमा फसाउने भने यहाँ हरेक नेटवर्किङ पटि लागेका ब्यक्ति हरूको टिम नै हून्छ।नेटवर्किङ बिगनेस प्रतक्ष बिक्री प्रणाली संसारको उत्कृष्ट प्रणाली हो
।तर ई कम्पनी हरू बैधानिक छन् या छैनन् र यसको नेपालमा कस्तो प्रभाब छ भनी समेत थाहा नपाई यो बिगनेसमा लग्छन र लगाइन्छ यो दूखद पक्षे हो ।यसमा कम्पनी बाट जाने सामान सिधै ग्राहकसम्म जाने भएको हूदा सामान धेरैनै सस्तो हून जान्छ ।कम्पनीको विज्ञापन यिनै लोभलालचमा फसेका मानिसले गर्दा प्रभावकारिता हून्छ ।तर यहाँ नेटवर्किङको नाममा ठगि भै राख्दा र लाखौं ठगिदा पनि सरकार तथा मिडिया मूकदर्शक भएर बसेको देखिन्छ ।सामानको पछि ० राखेर गरिने बिगनेस ठगी हो।बजारमा पाईने १०० को सामान प्रर्तक्षे बिक्री बाट बेच्दा रू ६०र६५ मा ग्राहकले पाउनू पर्ने तर यसो नगरी रू १००० मा बेचिन्छ ।ग्राहकले यो सामानमा रू ९०० धेरै तिरेर मेम्बर बन्छ।कयौं गूना मू नाफा राखि गरिने बिग्नेस ठगी हो ।यस्ता बगनेसलाई नेपाल सरकारले त बन्द गरेको छ तर पनि अजै सक्रिय रूपमा नेपालमा पनि देख्न पाईन्छ ।र ई भएका हरूलाई पनि नेपाल सरकारले बन्द गरेर र प्रर्वाशमा पनि दूतावास मार्फत ई ठगि बिगनेसमा लागेका नेपाली हरूलाई सचेत गराउनू पर्छ। अज यस्ता बिगनेसमा लागेका हरू तपाईंले कूनै कम्पनी खोल्नू परे।लाखौं खर्चनू पर्छ रू१०० को १००० तिरेर के भो?? तपाईंको १००० ब्यापारको ढोका खूल्यो ।यस्ता भर्मित कूरा गरेर तपाईंको भबिस्य बन्छ भन्छन् । र ई यस्ता ब्यक्ति हरूलाई बिभिन तालिम हरू दिईन्छ।सेमिनार गरिन्छ ।उसले धेरै मूर्गा पार्न सफल भए पद दिईन्छ तर उसलाईनै थाहा हूदैन आफूले थोरै पाएको र सयौं गूणा आफू बाट लूटेको ।हामी नेपाली हरूको बूदि कहिले आउने होला अज आज महिले लेख्नै पर्ने हून्छ ।म मलेसियामा छू यहाँ पनि एउटा नेटवर्किङ मार्केट छ यसमा नेपाली ८०५ छन भने यहाँ र अन्य मूलूकका २०५ मात्र छन् ।यो कम्पनीको नाम म्ह्ल् हो ।मलाई पनि धेरैले यसमा लगे धेरै बूजे पनि तर म यो गलत हो र नेपालमा अईले नेटवर्किङ ब्यबसाय पूरा सरकारले खारेजी छ भन्दा खेरि उल्टै गालि गर्ने म्ह्ल को वाईयत तस्बिर हरू सेण्ड गरिरहने धेरै थिए। महिले थाहा पाए सम्म यहीँ कम्पनीमा लागेका नेपाली हरू मात्र १ लाख छन् तर ईनिहरूले भनेको जस्तो फाईदा हूने भए किन ई एकलाख मेम्बर हरू उनति प्रर्ग्ति गर्न सकेनन् ??? किनकि १ लाख लाई मूर्गा बनाएर १०० वा ५०० बनूनै यो ठूलो अपराध हो यो पनि माहा ठगि हो भनी लाग्छ मलाई त्यसैले तपाईं पनि नेटवर्किङ पटि लाग्नू भएको छ भने क ख ग जनसूकै होस् तपाईं फस्दै हूनूहून्छ ।र बिशेश गरेर यो काम बिदेशमा बढि हूने भएकोले यसमा नेपाल सरकार लगायत यहाँको दूतावासको पनि ध्यान जान आवश्यक छ। हूनत महिले यहाँ सत्य बोली रहदा खेरि कतिले तारगेट कनाएका होलान कति रिसले चूर र आगो भएका होलान् कसैले बिभिन कमेन्ट् गर्लान। यस्ता घर न घांटका र यस्तो फेकमा नफसोे फसेका हरू पनि एक चोटि छातिमा हात राखेर सोचोे सही या गलत भनेर
रामेछाप हाल मलेसिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *