किन आइन नायीका नन्दिता मलेसिया

मलेसिया
वर्षै देखी माया गरेको प्रेमी मलेसिया आएको छ । वाध्यताले प्रेमी घर फर्किन पाएको छैन । आफ्नो प्रेमी विना वस्न कुन प्रेमील मन वस्न सक्ला र घरदेशमा ? नायीका नन्दिता केशीमा पनि त्यहि वाध्यता आइपुग्यो अनि उनी पनि मलेसियामा हराएको प्रेमी खोज्न यतै आइपुगीन ।

nid
आफ्नो पे्रमी राघव आचार्यलाइ भेटे पछि नन्दिता पनि मख्ख परिन । आफ्नी मायालुलाइ भेटेका राघव पनि चुप वस्न सकेनन र त्यहि मेसोमा ‘तिमीले नै भन्थ्यौ तिम्रो नयन राम्रो’ भन्दै आफ्नी प्रेमीकाको वर्णन गर्न थाले । प्रेमील जोडी मलेसियाको मेरु वाट क्वान्तानको समुन्द्रिक तट सम्म घुम्न पुगे । आफ्नो प्रेमी साथमै भए पछि नन्दिता पनि खुसी थिइन । यो दृश्यलाइ कैद गर्दै थिए निर्देशक शिव विक । शिव कै निर्देशनमा वन्न लागेको प्रमोद खरेलको गितको म्युजिक भिडीयोको दृश्य थियो माथीको घटना । nannd
मलेसियाको मेरु क्वान्तान र पुत्रजया लगायतका स्थानमा छायाकन गरिएकोे सो म्युजिक भिडीयो मार्फत नै मोडल राघव पर्दामा उत्रिदैछन् । राघवले डेव्यु मै नेपालकी चर्चित नायीका को साथ पाए निर्देशक शिवले भने ‘ राघवमा धेरै सम्भावना छ’ ।

nanditaमलेसियामा म्युजिक भिडीयो वनाउन आएका शिवले छनौट गरेका मोडल हुन राघव । कैलालीका राघव मलेसिया मा नै कार्यरत रहेका छन् । डेव्यु म्युजिक भिडीयो मा राम्रो काम गरेका वताउने राघवले यहि भिडीयो लाइ सम्भावनाका रुपमा लिएका छन् ।
नयाँ कलाकार भए पनि काम गर्न सजिलो भएको निर्देशक विकले जानकारी दिए । म्युजिक भिडीयोमा निक्कै मेहनत गरेको आचार्य वताउछन् । तिर्सना म्युजिकले सो गित वजारमा ल्याउन लागेको हो । nnn
फोर एस मिडीयाको निर्माणमा वनेको सो म्युजिक भिडीयो को निर्माण व्यावस्थापन भने जयराम तिम्सिनाले गरेका छन् ।

 

niad

Leave a Reply

Your email address will not be published. Required fields are marked *